ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलिलो : राष्ट्रपति पुटिन


एबीसी / संवाददाता
फाल्गुन १०, २०७९ बुधबार  ८ : ४१ बजे

एजेन्सी, १० फागुन । रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख गरेका छन् ।

“हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ,” राष्ट्रपति पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा मंगलबार सो धारणा राखेका हुन् ।

पछिल्लो तथ्यांकले रूसको जीडीपी सन् २०२२ मा २.१ प्रतिशतले घटेको छ । यद्यपि गत वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २०–२५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ ।

रुसको अन्तरराष्ट्रिय बस्तीमा रुबलको अंश सन् २०२१ डिसेम्बरको तुलनामा दोब्बर भएको छ । राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने बताए ।

“प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैँलाई सजाय दिइरहेका छन् । उनीहरूले आफ्नै देशहरूमा मुद्रास्फीति, रोजगारी गुमाएका छन् । उद्योगहरू बन्द भई ऊर्जा संकट निम्त्याइ रहेका छन् । तर उनीहरूले आफ्ना सबै कमजोरीको कारण रुसलाई थोपर्ने गरेका छन्,” पुटिनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

“लचिलो यथार्थवाद” को झूटो वाचा

अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा २ जनाको मृत्यु, ३ घाइते

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com