ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’


एबीसी न्यूज
फाल्गुन ८, २०७९ सोमबार  २ : ०२ बजे

काठमाडौं,८ फागुन । ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिनुहुन्छ । उहा सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको बताउनुभएको हो ।

“ अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको पार्क निकै रमाइलो र मनमोहक देखिन्छ । यहाँको सुन्दरतालाई जोगाएर राख्न सके थप आकर्षणको केन्द्र बन्नेछ”, उहाँले भन्नुभयो, घुम्न गएको ठाउँमध्ये नालाको ब्रम्हायणी उद्यान निकै आकर्षक देखिन्छ ।”

टिकटकमा यहाँको दृश्यसहितको सन्देश हेरेर आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीयवासीले बताए । अहिले ब्रम्हायणी उद्यान घुम्न र दर्शनका लागि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

नाला बजार निवासी श्याममाया देउला पनि आमालाई लिएर ब्रम्हायणी उद्यान घुम्न आउनुभयोे । उहाँले घर नजिकै धार्मिक पर्यटकीय केन्द्र बनेको र टाढा टाढाबाट मानिस घुम्न आएको देखेर आफू पनि आएको जानकारी दिनुभभयो । शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मन्दिरै मन्दिरले घेरिएकाले यहाँ धार्मिक पर्यटक बढ्ने गरेकामका ब्रम्हा उद्यानले नाला क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याएकोे छ ।

भूइँचालोडाँडा नामले चिनिने सो ठाउँमा उद्यान बनेपछि नयाँ गन्तव्य थपिएको हो । नाला क्षेत्रमा ऐतिहासिक तथा धार्मिक करुणामाई, उग्रचण्डी र नाला भगवतीलगायत मन्दिर छन् ।

महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजले नाला धार्मिक पर्यटनको अर्को गन्तब्य बनाउने उद्देश्यले ब्रम्हाको पूर्णकदसहितको मूर्ति बनाएको जनाएको छ । यहाँ ब्रम्हासहित दश अवतार मत्स्य, कुर्म, बराह, नृसिंह, परशुराम, बामन, राम, कृष्ण, बुद्ध, कल्किको मूर्ति निर्माण गरिएको छ ।

चर्तुरायण ब्रम्हायणीको मूर्ति राखेर दश अवतारका देवता भएको उद्यान निर्माण गरेपछि स्थानीयवासीले व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् । करिब एक महिना अगाडिदेखि उद्यान छेउमा चटपटे, पानीपुरी र अन्य तयारी सामान बिक्री गरी व्यवसाय सञ्चालन गर्दै आउनुभएका नाला–४ का मञ्जु खत्रीले दैनिक एक हजार आम्दानी गर्दै आएको बताउनुभयो ।

अरु बेला मानिसको आवागमन सामान्य रहेपछि बिदाको दिन र शनिबार घुम्न आउनेको घुइँचो लाग्ने गरेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समयमा सो ठाउँमा घुम्न जानेको सङ्ख्या उल्लेख्य वृद्धि भएपछि उद्यान आसपासमा आधा दर्जन साना व्यसवसायीले व्यवसाय सुरु गरेर आम्दानी लिन थालेका छन् ।

करिब ९० रोपनी क्षेत्रफलमा फैलिएमध्येको खाली क्षेत्रमा पार्कसहितको बगैँचा निर्माण गर्न लागिरहेको समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताउनुभयो । स्थानीयस्तरबाट नै चन्दा सङ्कलन गरी निर्माण गरिएको उद्यान र ब्रम्हमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३० गते उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com