ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरित्र हत्या गरेको आरोपमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ


एबीसी न्यूज
फाल्गुन ८, २०७९ सोमबार  १२ : २१ बजे

काठमाडौं, ८ फागुन । प्रहरीको केन्द्रीय साइबर ब्युरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई सोमबार बिहान पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।

विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।

उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक(गायिकासँग उनको विवाद देखिएको छ । ‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो ।

गीतको रिमेकलाई लिएर खरेल र रेग्मीबीच विवाद चलेको थियो ।रेग्मीले खरेलमाथि प्रतिलिपि अधिकारको कार्यालयमा करोड क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए भने प्रमोदले पनि कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जवाफ त्यतिबेला दिएका थिए । पछिल्लो समय थाइल्याण्डमा रहेका रेग्मीले सामाजिक सञ्जालबाटै आफूहरुलाई लाञ्छना लगाउने गरेको आरोप उजुरीकर्ता आचार्यसहितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com