ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम


एबीसी / संवाददाता

खोटाङ, ६ फागुन । जिल्लाका दुई स्थानीय तहका एक/एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो ।

चालु आर्थिक वर्ष पाथेका र फेदीका सातवटा सामुदायिक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चारवटा सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने समाजका अध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले २८ लाख ८६ हजार सात सय बजेट उपलब्ध गराएको छ ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन, दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ । रेडपाण्डाको उपस्थिति÷अनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र वासस्थानको नियमित अनुगमन, चोरी शिकारविरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्षसमेत रहेका समाजका अध्यक्ष मगरले जानकारी दिए ।

फेदीमा स्थानीय साम्पाङ (राई) भाषामा रेडपाण्डालाई कुँदो भनेर चिन्ने गरिएको स्थानीय लक्ष्मण साम्पाङले बताए । यस वर्षका लागि प्राप्त बजेटबाट रेडपाण्डा संरक्षणसम्बन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार दिक्तेलमा जिल्लास्तरीय सल्लाहकार समितिको गोष्ठी गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षण अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

केपिलासगढी गाउँपालिका–१ फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायिक वनमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बसोबास छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सिस्नेहर्कटे, सोही नगरपालिकाको वडा नम्बर ९ निर्मलीडाँडाको गोपिनी नायपु वन र वडा नम्बर १० पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जंगलमा रेडपाण्डा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो । गुराँस, खस्रु, निगालो र मालिंगो मिश्रित वनमा पाइने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मान्छे देख्दा नभाग्ने लजालु स्वभावको रेडपाण्डा स्थानीय बासिन्दाले मासुका लागि चोरी शिकार गर्ने गरेको बताइएको छ । घरपालुवा जनावर बिरालोजस्तो देखिने यसको शरीरको माथिल्लो भाग रातो र खैरो हुन्छ । भुँडीमा कालो तथा अनुहारमा सेतो र आँखा छेउछाउमा कालो हुन्छ ।

टाउकोदेखि पुच्छरसम्म लम्बाइ ९३ देखि ११० सेन्टीमिटरसम्म लामो हुने भाले रेडपाण्डाको तौल तीन दशमलव सात केजीदेखि छ दशमलव दुई केजीसम्म हुने जनाइएको छ । भालेभन्दा ठूलो हुने पोथी रेडपाण्डाको चारदेखि छ दशमलव दुई केजीसम्म तौल हुने गरेको छ । मासुका लागि शिकार गरिएको रेडपाण्डाको छाला बिक्री हुने बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा रेडपाण्डासँगै मृग, हरिन, थार, घोरल, खरायोलगायतका जंगली जनावरको चोरी शिकार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com