ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे


एबीसी / संवाददाता

चितवन, ५ फागुन । सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको २९औँ वार्षिक साधारणसभामा उनले व्यवसायीलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिए ।

व्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै उनले अहिले साना व्यवसायीमा समस्या देखिएको बताए । उनले भने, “महासंघले सबै व्यवसायीलाई साना–ठुला सबैलाई समानरूपमा हेर्नुपर्छ ।”

समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै उनले व्यवसायीलाई भने, “गुणस्तरीय काम गर्नुहोस्, समयमा काम सक्नुहोस् र कसैसँग नझुक्नुस् ।” नेपालमा देखिएको आर्थिक समस्यालाई सन्तुलन राख्नका लागि व्यवसायी र सरकार एक ठाउँमा बसेर संकट समाधान गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, “तपाईँहरू नथाक्नुहोस्, अहिले थाक्ने समय होइन ।”

कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताए । विश्वमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउँदै उनले प्रदेश सरकारले चालु पुँजीमा ३० प्रतिशत कटौती गरेको जानकारी दिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई सबैले स्वीकार गर्नुपर्ने बताए । सरकारले हरेकपटक ऐन परिवर्तन गर्दा आफूखुसी गर्ने भएकाले समस्या बढ्दै गएको उनको भनाइ छ । कोभिड र रुस–युक्रेनको युद्वका कारण निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com