ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष


एबीसी न्यूज
फाल्गुन ५, २०७९ शुक्रबार   २ : ०४   बजे

काठमाडौं,५ फगुन । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम ९२०७९ फागुन–२०८० वैशाख०का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । पन्ध्र दिनभित्र पेस हुने प्रस्तावबाट बढीबढाउका आधारमा सिकार कम्पनीले नाउर, झारल र वनेलको सिकार अनुमति पाउने छन् ।

विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र वनेलको सिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा सङ्घ संस्थाले निवेदन दिनसक्ने विभागले जनाएको छ ।

आरक्षमा यस आव २०७९/८० को दोस्रो यामका लागि १२ नाउर आठ झारलको सिकार कोटा तोकिएको छ । यस सिजनमा नेपाली नागरिकका लागि ७ वनेल र विदेशी नागरिकका लागि चार वनेल गरी जम्मा ११ वटा वनेल सिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।

ढोरपाटन नेपालको एक मात्र सिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा सिकारको अनुमति दिइन्छ । आरक्षले सिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई सिजनामा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको सिकार हुने गरेको छ ।

आरक्षमा कूल छ वटा ब्लक रहेका छन् । ब्लकअनुसार मूल्य फरकफरक पर्छ । पर्यटकले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अङ्ग भने आफ्नो मुलुक लैजान पाउँछन् । विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो । अघिल्लो सिकार याममा सिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर वर्षको दोस्रो याममा सिकार अनुमति दिन लागिएको हो ।

पहिलो सिकार याममा कुनै पनि नेपाली र विदेशीले सिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा वनेलको सिकारका लागि प्रस्ताव आह्वान गरिएको छ । “अनुमति लिएका विदेशीले नि:शुल्क वनेलको सिकार गर्न पाउँछन्, नेपालीलाई पनि सामान्य शुल्क लिएर सिकारका लागि अनुमति लिन प्रस्ताव आह्वान गरिए पनि अहिलेसम्म कोही पनि अनुमति लिन आएका छैनन्”, उहाँले भन्नुभयो, “आशा गरौँ यो मौसममा बनेको पनि सिकार हुनेछ ।”

आरक्षमा रहेका वनेल आसपासका बस्तीमा पसेर किसानको बाली मास्ने गरेका छन् । आरक्षमा वनेलको सङ्ख्या उच्च रहे पनि सिकारीले चासो नदेखाएका हुन् । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group