ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल


एबीसी न्यूज
फाल्गुन ४, २०७९ बिहीबार   १ : १९   बजे

काठमाडौं, ४ फागुन । कैलालीको टीकापुर नगरपालिका–९ वनगाउँका माधव चौधरीले पाँचवर्षदेखि तरकारी व्यवसाय गर्दै आउनुभएको छ ।

एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएका उहाँलाई तरकारी लगाउँदाको भन्दा बढी पीडा तरकारी बिक्री गर्न नसक्दा हुन्छ । बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने गरेको भए पनि मौसमी तरकारी बजारीकरणको अभाव बारीमै सड्ने गरेको उहाँ बताउनुहुन्छ । “अहिले काउलीको बजार मूल्य निकै ओरालो लागेको छ । एक महिना पहिलेसम्म प्रतिकेजी रु ६० मा बिक्री हुने काउली अहिले रु १० मा पनि बिक्री हुँदैन । उहाँ भन्नुहुन्छ, “व्यवसाय गरेर पनि के गर्नु रु उत्पादन भएको वस्तुबाट लगानी नै उठाउन सकिँदैन । यस्तो अवस्थामा जागर मरेर आउँछ ।”

उहाँ रु १० मै काउली बिक्रीका लागि टीकापुरमा लाग्ने कृषि हाटबजार पुग्नुहुन्छ । उहाँले व्यवसाय गरेको क्षेत्रबाट टीकापुर पुग्न १५ किलोमिटरको दूरी छ । ट्र्याक्टरमा तरकारी ल्याउँदा त्योभन्दा बढी लगानी लाग्ने गरेको बताउनुभयो । “बारीमै सड्नुभन्दा अलिकति मलखादका लागि पैसा आउछ कि भनेर हाटबजार पुग्ने गरेको छु । उहाँले भन्नुभयो, “अहिले कुनै पनि तरकारीले बजार पाउने अवस्था छैन । भारतबाट आयातीत तरकारीले स्थानीय उत्पादनलाई विस्थापित गर्दै आएको छ ।”

सोही ठाँउका रामचन्द्र चौधरी पनि व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । उहाँको बारीमा काउली र आलु फलेको छ । दुवैको बजार मूल्य निकै कम छ । उहाँका अनुसार एक केजी आलु फलाउन आफ्नो मिहेनत छोडेर रु १५ देखि २० लागत लाग्छ । अहिले बजारमा रु २० मा पनि आलु बिक्री भइरहेको छैन । “बजारमा आलु बिक्री हुँदैन । भण्डारण गर्नलाई उचित ठाउँ छैन । लागतभन्दा कममा भए पनि उत्पादन भएको बस्तु बिक्री गर्नुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “भारतबाट रु १५ भन्दा सस्तोमा आलु आइपुग्छ । त्यो पनि बिना भन्सार । व्यापारीले सस्तोमा सामान पाए हाम्रो उत्पादन खरिद गर्ने कुरै भएन ।”

कृषक बजारीकरणको समस्याका कारण विस्थापित हुँदै गएका छन् । अर्कोतिर स्थानीय क्षेत्रमा तरकारी भण्डारणका लागि शीतभण्डारको अभाव छ । किसानले कृषिमा राम्रो अनुदान पाएको भए पनि उत्पादन भएको वस्तुको बजारीकरण हुन सकेमात्र अन्यलाई कृषिमा आकर्षित गर्न सकिने स्थानीय बुद्धिराम चौधरी बताउनुहँन्छ । “नजिकै भारतीय बजार छ । त्यहाँबाट अवैधरुपमा तरकारीलगायतका खाद्य सामग्रीको आयात हुँदै आएको छ । त्यसले स्थानीय उत्पादनमा निकै ठूलो असर पारेको छ ।” उहाँले भन्नुभयो, “बाह्य तरकारीलाई निरुत्साहित गर्न सके व्यावसायिक कृषिमा लागेका किसानलाई ठूलो राहत हुनसक्छ ।”

स्थानीय सरकारले पनि स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा राखेको छ । कृषिबाटै आत्मनिर्भर बनाउनका लागि विभिन्न क्षेत्रमा अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको स्थानीय सरकारले बजारीकरणमा ध्यान पुर्‍याउन नसकेको किसानको गुनासो छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले वार्षिक करोडौँ रकम कृषि अनुदानमा खर्च गर्दै आएको छ । त्यस अनुदानबाट किसान खुसी छन् ।

“आयोजनाले किसानका लागि धेरै काम गरेको छ । यसबाट कृषिमा आकर्षित हुने युवाहरुको सङ्ख्या बढ्दै गएको पनि देखिन्छ ।” कृषक श्रीराम कठरिया भन्नुहुन्छ, “समस्या बजारीकरणको हो । बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्नसके आत्मनिर्भरका लागि कृषि महत्त्वपूर्ण पेसा बन्न सक्छ ।” अनुदान लिँदा खुसी हुने किसान उत्पादन भएको वस्तु बिक्रीका लागि बजार नपाउँदा दुखी हुने गरेको उहाँ बताउनुहुन्छ ।

“अनुदान लिँदा निकै खुसीको अनुभूति हुन्छ । अब धेरै उत्पादन गर्ने सोचका साथ काम गरिन्छ । उत्पादन पनि राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “बिक्री गर्दा निकै तनाव । कसैलाई सित्तैमा दिएजस्तो हुन्छ । जुन लगानी भन्दा कममा भए पनि बिक्री गर्नुपर्छ ।” विशेषगरी तरकारीमा विचौलियाका कारण पनि किसानले वस्तुको मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group