ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखले भनेको बैंकबाहेकमा खाता खोल्न लागेपछि मधेस प्रदेशसभामा लफडा


एबीसी / संवाददाता
फाल्गुन ४, २०७९ बिहीबार  ९ : ४५ बजे

धनुषा, ४ फागुन । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मंगलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो ।

सो सहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलले मेगा बैंकका प्रतिनिधिलाई बोलाएको थियो । तर, सुरक्षाकर्मीले एनएमबी बैंकबाहेक अरू बैंक प्रतिनिधिलाई आदेश छैन भनेर प्रवेश गर्न नदिएपछि विवाद उत्पन्न भएको हो ।

प्रहरीले बिहान ११ बजेदेखि २ बजेसम्मसभा सञ्चालन नभएसम्म ती बैंक प्रतिनिधिलाई भित्र छिर्न नदिएपछि कांग्रेसका प्रदेशसभा सदस्यले प्रदेशसभाको मूल गेटमा उभिएर धर्ना दिए । आफ्नो अतिथिलाई प्रवेश गर्न नदिइएको भनेर कांग्रेसका प्रदेशसभा सदस्यले सभा अवरूद्ध गरेपछि १० मिनेटका लागि सभा स्थगित गरिएको थियो ।

सभा अवरूद्धकै क्रममा सभामुख रामचन्द्र मण्डलले अतिथि भन्दै कसैले बम लिएर आएमा त्यसलाई कसरी छिर्न दिने भन्ने अभिव्यक्ति दिएपछि कांग्रेस सभा सदस्यले सदनभित्र सभामुख जस्ता जिम्मेवार व्यक्तिले अराजक अभिव्यक्ति दिनु गलत रहेको भन्दै सदनभित्रै विरोध जनाएका थिए । पछि सभामुख मण्डलसँग आफूखुसी जुन बैंकमा खाता खोलाउनुछ खोलाउनु भन्ने सहमति भएपछि बैठक सञ्चालन भएको हो ।

उता, कांग्रेस प्रदेशसभा सदस्य शेषनारायण यादवले कमिसनका लागि सभामुखले पदीय अहम् देखाउँदै एनएमबी बैंकमा खाता खोल्न तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए । प्रदेशसभा सदस्य यादवले भने, “कहीँकतै कानूनी व्यवस्था छैन, सभामुखले भनेकै बैंकमा खाता खोल्नुपर्छ भनेर हामीलाई लिखित जानकारी पनि छैन, हाम्रो स्वतन्त्रता हो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा: सुरक्षित सिटको खोजी कि राजनीतिक अस्तित्वको संघर्ष?

सर्लाही–३: नारायणकाजीको मधेशी दाउ (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com