ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालाजुमा प्रहरीको गाडी आगजनी गरेको आरोपमा ६ जना पक्राउ


एबीसी / संवाददाता
फाल्गुन ४, २०७९ बिहीबार  ५ : ५४ बजे

काठमाडौँ, ४ फागुन । बालाजुमा गत सोमबार भएको आन्दोलन भड्किँदा प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेका आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको पहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, फोटोलगायत विश्लेषण गरी उनीहरूलाई पक्राउ गरेको एसएसपी कार्कीले बताए ।

उदयपुर घर भई काठमाडौँ बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोट घर भई टोखा बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, गोँगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेका २० वषीय आशिष खड्का पक्राउ परेका हुन् ।

गत सोमबार यातायात मजदुरको आन्दोलनले उग्र रूप लिँदा दुई वटा प्रहरीको भ्यान, आयरल्यान्ड, प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको थियो । प्रहरी वृत्त बालाजुका डिएसपी चढन् बा २ झ १४४ नम्बरको भ्यान र बा १ झ ७२२४ नम्बरको सिआरभी भ्यानमा आगजनी भएको थियो ।

गाडीमा आगजनी गर्दा गाडीभित्र रहेको मोटोरेला वेस सेट थान–१, फायर स्ट्रिङ्गुइजर थान–१, मेगा फोन थान–१ लगायतका जिन्सी सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको र बा१ झ ७२२४ नम्बरको माज्दा गाडीभित्र रहेको हाइटेरा वेस सेट थान–१, स्ट्रिङ्गुइजर थान–१, मेगाफोन थान–१ समेत जली पूर्णरूपमा नष्ट भएको थियो ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मैनालीले बताए । साथै उक्त घटनामा संलग्न संदिग्ध ९–१० जना अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिइ सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com