ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराउन थाले रैथाने माछाका प्रजाती


एबीसी न्यूज
फाल्गुन ३, २०७९ बुधबार   २ : २१   बजे

काठमाडौं,३ फागुन । कञ्चनपुर, ३ फागुन९रासस० : : लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा माछा मार्ने कार्य धेरै वर्षदेखि गर्दै आउनुभएको छ ।

नदीमा पहिलेको जस्तो माछा जालमा पर्ने गरेका छैनन् । दिनभरी नदीमा जाल खेलाउँदा थोरै मात्रै माछा जालमा पर्ने गरेका छन् । नदीमा थोरै प्रजातीका माछा मात्रै रहेको उहाँले बताउनुभयो । “विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच छ किलो माछा मार्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “हाल नदीमा माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुई किलोदेखि पाँच किलोसम्मका हुन्थे, हाल दिनभरी जाल खेलाए चार पाँच वटा स–साना माछा मात्रै जालमा पर्ने गरेका छन् ।”

शुक्लाफाँटा नगरपालिका–७ का ८० वर्षीय आशाराम चौधरीले पहिलेको जस्तो अहिले माछा नदी तलाउमा नपाइने गरेको बताउनुभयो । “पहिलेको जस्तो वर्षा हुनै छाड्यो, त्यसै कारणले नदीमा पानीको बहाव पहिलेको जस्तो छैन, नदीमा पानी कम भएपछि माछा हुने कुरै भएन”, उहाँले भन्नुभयो, “गर्मीका बेला त नदी तलाउ सुक्नसमेत थालेका छन्, यसैकारणले पनि नदी तलाउमा पहिला जस्तो माछा पाइँदैन ।”

वर्षातमा धानका खेतमै थुप्रै माछा पाइने गरेका थिए । खेतकै आलीमा परम्परागत रुपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगातका माछा पक्रने गरिन्थ्यो । हाल खेतबारीमा रासायनिक मलसँगै विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाती हराउँदै गएका छन् । “खेतमा बालीलाई रोगकीराको प्रकोपबाट जोगाउन छर्किने विषादी खेत हुँदै नदी, तलाउमा पुग्ने गरेको छ”, लालझाडीका वासुदेव रानाले भन्नुभयो, “नदी तलाउमा माछा मार्नका लागि विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाती लोप हुन थालेका छन्, केही लोप भइसकेका छन् ।”

वर्षातको समय सकिएपछि दोदा नदीमा कात्तिकदेखि जेठसम्म घिमरी राखेर माछा मारेको उहाँले अहिले पनि सम्झिनुहुन्छ । “गाउँका मन मिल्ने साथीहरुले सामूहिक रुपमा नदीमा बाँध बनाइ धिमरी राख्थ्यौँं”, उहाँले भन्नुभयो, “धिमरीमा फसेका माछा बिहानी पख भाग लगाउथ्यौंँ, एउटैको भागमा पाँच किलोदेखि सात किलोसम्म माछा पर्दथ्यो, खान सकेको माछा खान्थ्यौँं, खान नसकिएको माछाको सुकुटी बनाएर वर्षात्का बेला तरकारीका रुपमा खान्थ्यौँ ।”

उहाँका अनुसार नदीमा धिमरी लगाउँदा माछा चोरी हुनबाट जोगाउन रातिका बेला पहरा दिइने गरिन्थ्यो । पहिला जस्तै केहीले अहिले पनि नदीमा धिमरी लगाउने गरे पनि माछा पहिला जस्तो पर्दैन । दुई/तीन दिनमा धिमरी खोल्दा मुस्किलले एकदेखि दुई किलोसम्म माछा मात्रै पर्ने गरेको छ । जलवायु परिवर्तन र विषादीको जथाभावी प्रयोगले रैथाने माछाका प्रजाती लोप हुँदै गएको उहाँको बुझाइ छ ।

चुरे क्षेत्रको जथाभावी रुपमा नदीजन्य पदार्थको दोहन हुँदा नदीको गहिराइमा केही वर्षदेखि कमी हुँदा माछाका प्रजाती घटदै गएको शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाको भनाइ छ । “बालुवाले नदीको गहिराइ दुई फिटभन्दा कम भएको छ”, उहाँले भन्नुभयो, “नदीको सतह पुरिँदै गएपछि माछाको बासस्थान मासिँदै गयो, माछा लोप हुन थालेका छन् ।”

उहाँका अनुसार पहिला नदी तलाउमा रैथाने जातका लछिया, वैखा, रहु, नैन, चन्दविजला, टेङगर, कटा, गोेछो, गुनगुना, नङ्गवा, रबा, भगना, डेडवा, चुहिला, कुर्सा, सिंगी, भुरिया, महासेरा, कटुवा, मुग्रो, मलाइच, बजेट्टा, खजुरा, गेट, चरैया, भकुरा, ढोर्र, सुमरा, खर्सा, झिंँगा, बगस, गइट्टा, गैंँडो, मलगी, पत्थरचट्टी, भेदल, गोंजा, फिलोसिंया, पड्नीलगायत जातका माछा पाइने गरेका थिए ।

रैथाने प्रजातीका आधा प्रजाती पनि नदी तलाउमा हाल नपाइने गरेको उहाँले बताउनुभयो । “नदी पुरिएर पानीको बहाव घट्यो, नदीमा पानी जम्मा हुने कुण्ड, तलाउ नासिए, प्राकृतिक तालमा मानव अतिक्रमणले नासिँदै गए, नदी तलाउमा विषादीको प्रयोग बढन थालेपछि माछाका प्रजाती हराउँदै गए”, उहाँ भन्नुहुन्छ । रैथाने माछाका प्रजाती जोगाउनका लागि विगतदेखिनै प्रयास भएको स्थानीय कालुराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष नदी तलाउ लगायतमा विषादी हाल्न निषेध गरिएपछि माछा संरक्षणमा टेवा पुगेको थियो, अटेरी व्यक्तिले लुकिछिपी नदी तलाउमा विषादी हाल्न थालेपछि रैथाने जातका माछा दुर्लभ हुन थालेको छ ।”

पहिला जस्तै जाल हान्ने, घिमरी राख्ने, टापी, हेल्का नदी तलाउमा थापेर माछा मार्ने गरिन्थ्यो । हाल पनि माछा मार्न त्यसकै प्रयोगलाई बढावा दिनुपर्ने उहाँ बताउनुहुन्छ । “रैथाने जातका माछका प्रजाती जोगाउन स्थानीय तहले संरक्षणसम्बन्धी कार्यक्रम ल्याउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “यसबारे युवा पिँढीलाई सचेत गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group