ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय सडक निर्माण गर्न निर्देशन


एबीसी न्यूज
फाल्गुन ३, २०७९ बुधबार   २ : ११   बजे

काठमाडौं,३ फागुन । निर्माणाधीन पटौटी तम्घास फास्ट ट्र्याक र पाल्पा घुम्ती सडकको जिल्लास्तरीय अनुगमन टोलीले अनुगमन गरेको छ । सडक निर्माण कसरी अगाडि बढेको, गुणस्तरीय काम भएको छ छैन तथा सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्ने अवस्था छ छैन भनी अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।

सडक निर्माणमा प्रयोग गरिने ढुङ्गा, गिट्टी, बालुवा वातावरणीय प्रभाव अध्यन नगरिकनै निजी जग्गा प्रयोग गरिएको भेटिएकाले तत्काल वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरेर मात्र प्रयोग गर्न अनुगमन टोलीले निर्देशन दिएको थियोे । पाणिनि–८ मधुलेखमा अवैधरूपमा पहाड उत्खनन गरेको अवस्थामा एक एक्साभेटरसमेत फेला पारेको थियो । अनुगमन टोली आएको थाहा पाएपछि उत्खनन गरिरहेको एक्साभेटर छाडेर चालक भागेकाले उसलाई कारबाहीका लागि निर्देशन दिइएको थियो ।

पटौटी तम्घास फास्ट ट्र्याकको पटौटी, दुर्गाफाट हुँदै रिडी खोलामा बन्न लागेको पुल तथा सोही क्षेत्रको सडक तथा घुम्ती पाल्पा सडकको घुम्तीदेखि दुर्गाफाटसम्मको सडक अनुगमन गरिएको जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो ।

उहाँसहित, प्रजिअ अर्याल, प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, सडक पूर्वाधार कार्यालयका इञ्जिनीयर अशोक दुवाडी, निर्माण व्यवसायी सङ्घका अध्यक्ष ऋषिराम अधिकारी, नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेशसदस्य प्रेमनारायण आचार्यलगायत अनुगमन टोलीमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group