काठमाडौं,३ फागुन । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको बगाम सञ्चारको पहुँचमा जोडिएको छ । नेपाल टेलिकमकले भोटेकोसी गाउँपालिका–१ बगाममा मोबाइलको टावर निर्माण गरेपछि बगामवासी सञ्चारको पहुँचमा जोडिएका हुन् ।
बल्ल बगामवासीको मोबाइलमा कुरा गर्ने सपना पूरा भएको छ । गाउँपालिकाका अनुसार उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले थ्रिजी सेवा विस्तार गरेको गाउँपालिकाले जनाएको छ । उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोसीका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउनुहुन्छ ।








प्रतिक्रिया दिनुहोस्