ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर बालेनको भेटघाट ः छुट्दैनन् रङ्गमञ्चका व्यक्तित्व, स्थानीय पिडितसँग भने हिच्किचाउँछन् किन ? (भिडियो)


ABC NEWS
फाल्गुन ३, २०७९ बुधबार   १० : ०३   बजे

काठमाडौं, ३ फागुन ।

काठमाडौं महानगरले मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्तीम डोजर चलाएको थियो । बलपूर्वक डोजर चलाएको भन्दै सुकुम्बासी र नगर प्रहरीबीच त्यतिबेला झडपको स्थिती बन्यो । गत वैशाखमा स्थानीय निर्वाचनमा लोकप्रिय मतले विजयी भएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको वाहावाही उत्तिकै रुपमा अघि बढ्न सकेन । वर्षोदेखि अधिग्रहण भएका महानगरका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्न फिल्डमै उत्रने गरेको मेयर बालेन्द्रले औपचारिक भेटका लागि समय नदिएको गुनासो सरोकारवालाको छ । काठमाडौं महानगरलाई स्वच्छ, सभ्य र सुन्दर बनाउने अभियानका साथ यसखाले अभियान अघि बढाएको महानगरले जनाएको थियो । तर, आफ्ना गतिविधि अगाडि बढाएसँगै महानगर उत्तिकै स्थानीय वा मतदातासँग जवाफदेही र पारदर्शी बन्नसक्नुपर्दथ्यो । तर, कार्यालय वा पत्रिकामा विज्ञप्ति निकालेर फिल्डमा सोझै डोजर लिएर जाने बालेन प्रवृत्तिप्रति स्थानीय असन्तुष्ट बनेको छ ।

पछिल्लो समय नेपाली चलचित्र जगतकी कुनै बेलाकी लोकप्रिय नायिक जल शाह केही दिन अघि काठमाडौं आइन् । मेयर बालेनले उनका श्रीमान् र छोरीसहित कलाकार जल शाहसँग माघ २२ गते काठमाडौंमा भेट गरे । तर केही समय अघिमात्रै बागमती प्रदेशका पूर्व प्रमुख अनुराधा कोइरालाले मेयर बालेनको भेट पाइनन् । सडक तथा फुटपाथको पसल हटाइएपछि त्यसबाट पिडित महिला, एकल महिला तथा किशोरीको सवालमा माइती नेपालका संस्थपक समेत रहेकी कोइरालाले उनलाई भेट गर्न चाहेकी थिइन् । माइती नेपालले काठमाडौं महानगरभित्र यौन व्यवसाय गर्दै आएका ३७५ जनालाई उद्वार गरी सडकपेटीको खाली ठाउँमा चटपटे, पानीपुरी, फलफूल, बदाम, पानी, चिया, मकै जस्था व्यवसाय गर्ने व्यवस्था मिलाएको थियो । महानगरको डोजर आक्रमणपछि ती महिलाहरुको विचल्ली भएको माइती नेपालले छलफल गर्न खोजेपनि मेयर बालेनले यो महिलाको विषय रहेको भन्दै पन्छिएको आरोप छ । महानगरको कदमबाट हात, मुख जोड्नै गाह्रो भएको भन्दै अनौपचारिक व्यवसाय गर्दै आएकाहरुले गत भदौ ७ गते पनि मेयर बालेनलाई भेटेर ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले यस्ता महत्वपूर्ण एवम् संवेदनशील भेटघाटमा समय दिन नचाहेको देखिन्छ ।

बरु, गत असार २८ गते मेयर बालेनले कृष्ण मल्ल, अशोक शर्मा, निर्मल शर्मा, दीपा श्री निरौला लगायतका कलाकारहरुसँग भेटघाट गरे । मोबाइल गेम पब्जीको अन्तराष्ट्रिय प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियन्सिप’ को फाइनलमा पुगेका टोलीलाई हौसला दिन उनी इण्डिोनेसिया पुगे । प्रतियोगितामा दोस्रो भएका टीम डीआरएस नेपाल फर्किंदा उनीहरूको स्वागत गर्न पुस २५ गते त्रिभुवन अन्तरााष्ट्रिय विमानस्थल नै पुगेका थिए । कात्तिक २४ मिस नेपालका आयोजक संस्था हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठसँग मेयर साहले आफ्नै कार्यालयमा भेटघाट गरेका थिए । माघ १९ गते मेयर शाहले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रतिनिधिमण्डलसँग महानगरको कार्यालयमा भेट गरेका थिए । मंसिर १५ गते नेपालका लागि अमेरिकी राजदूत डिन आर थोमसनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेटेको विषयमा पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता डा. भीम रावलले परराष्ट्र मन्त्रालयको अनुमतिमा हो या होइन भनेर सामाजिक सञ्जालमार्फत प्रश्न तेस्र्याएका थिए । मेयर शाहले पनि रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै अमेरिकी राजदूतले पटकपटक भेट्न खोजेको तर आफूले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएमात्र भेट्ने बताएपछि परराष्ट्रको अनुमतिअनुसारै भेट भएको प्रस्ट्याउनुपरेको थियो । काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहले रङ्मञ्चका रंगीचंगी मान्छेहरुदेखि परराष्ट्र एवम् कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग भेटघाटका लागि ईच्छाशक्ति देखाइरहदा महानगरभित्रका जटिल एवम् संवेदनशील् मुद्दामा पनि उनको ध्यान जान आवश्यक छ । उनले बलजफतभन्दा पनि महानगरका स्थानीय वा पिडितसँग भेटघाट, वार्ता र सहमतिबाट अहिलेको समस्या सम्बोधनमा अग्रसर हुन सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group