ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन अमरलाई विश्व कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण


एबीसी न्यूज
फाल्गुन १, २०७९ सोमबार   ४ : १९   बजे

काठमाडौं, १ फागुन । गीतकार संघ नेपालको आयोजनामा वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ लाई वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्तरूपमा ‘वल्ड वाइल्ड बुक अफ रेकर्ड’ को विश्व कीर्तिमानी प्रमाणपत्र एक समारोहबीच हस्तान्तरण गर्नुभयो । चार दशक लामो साहित्य यात्रा र तीन दशक लामो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आउनु भएका साहित्यकार सुरेन्द्र महर्जन अमरलाई विश्व कृतिमान कायम गर्नुभएकोमा साहित्यकार विश्व बल्लभ र गीतकार वसन्त बित्यासी थापाले बधाई समेत दिनुभयो ।

विश्व कीर्तिमानीको प्रमाणपत्र ‘वल्ड वाइड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएको केही महिनापछि उक्त रेकर्ड सार्वजनिक भएको हो । प्रमाणपत्र वितरण समारोहमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, विवेक कार्की लगायतले सुरेन्द्र महर्जन ‘अमर’ को बारेमा बोल्नु भएको थियो ।

वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले पहिलो पटक विश्वको अग्लो हिमाल सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो रचनामा तयार भएको गीति एल्बम ”मायाको सागर” सार्वजनिक गरेर विश्व कृतिमानी रेकर्ड कायम गर्नुभएको हो । साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, मुक्तक, हाइकु, तान्का आदि लेखेर चर्चा बटुल्न सफल साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले १८ अप्रिल २०२२ मा सगरमाथा बेस क्याममा आफ्नो रचनामा तयार भएको गीति एल्बम अहिलेसम्मकै धेरै उचाई माथिबाट सार्वजनिक गर्नुभएको थियो ।

निरन्तर हटेर हैन डटेर साहित्यमा आफ्नो समय बिताउने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को तिसौं कृति सगरमाथा बेस क्याममा सार्वजनिक गरेको कारण उक्त विश्व कीर्तिमान प्रमाणपत्र प्राप्त भएको हो । उहाँको रचनामा रहेकोे उक्त एल्बममा चर्चित गायक कुमार सानु र देविका वन्दना, प्रविन भेटवाल, सन्तोष श्रेष्ठ, अस्मिता अधिकारी र चिरञ्जीवी भण्डारी आदिको स्वर रहेको छ । एल्बममा संगीतकारहरू सन्तोष श्रेष्ठ, पुष्कर सुनुवार र चिरञ्जीवी भण्डारीको संगीत रहेको छ । ओएस नेपालको प्रस्तुतिमा सार्वजनिक एल्बम मायाको सागर बजारमा आएको हो । प्रमाणपत्र वितरण कार्यक्रममा साहित्यकार महर्जनले वल्ड वाइड बुक अफ रेकर्डको प्रमाणपत्र प्राप्त गरेकोमा आफूले मात्र नभएर सम्पूर्ण नेपालीको सफलता भएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

सम्बन्धित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group