ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै


एबीसी / संवाददाता

काठमाडौँ, २९ माघ । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपूसैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि अघिल्लो वर्ष ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ ।

विगतमा पनि भूपू सम्मेलन हुने गरेकामा संकटकालमा केही वर्ष रोकिएको थियो । भूपू सैनिक कल्याणकारी कार्यलाई समन्वय गर्दै निरन्तरता दिने उद्देश्यले विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ ।

सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिन्छ ।

मुलुकमा भूपू तथा पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ रहेको नेपाली सैनिक कल्याणकारी बोर्डले जनाएको छ । त्यसमध्ये निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूतपूर्व सैनिकको सङ्ख्या ८१ हजार आठ सय ७२ छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ रहेको छ ।

सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ ।

नेपाली सेना भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलककार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ । सम्मेलनका क्रममा भूपू सैनिकको मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी, सैनिक व्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका माता–पितालाई सम्मान तथा अन्तक्र्रिया र छलफल हुनेछ । सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको अवसर पनि हो ।

सेनाको संगठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मियता, भरोसा र विश्वास वृद्धि हुने त्यस्तो जमघटले सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढ्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् ।

सेनासँगको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा भूपूसैनिकलाई कर्जा उपलब्ध गराउँदै आएको छ । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराकासाथ आयोजना हुँदै आएको सम्मेलन भूपूसैनिकको सर्वपक्षीय सम्मुन्नति र प्रगतिमा केन्द्रित हुने गरेको छ ।

यसपटकको सम्मेलन मध्यपश्चिम पृतना, पश्चिम पृतना र मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने करिब ३५ हजार चार सय ३७ भूपू सैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिन आयोजना गर्न लागिएको हो । बुटवलमा फागुन १५ गते, दाङमा फागुन १६, पोखराको विजयपुरमा चैत ९, खैरेनीटारमा चैत १०, बर्दिबासमा चैत २० र सिन्धुलीमा चैत २१ गते हुने सम्मेलनमा करिब २६ हजार पाँच सय ७८ भूपूको सहभागिता हुने अपेक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा हुने पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदान प्रदानले वहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्नेछ । देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा सम्मेलन हुँदै आएको छ ।

सम्मेलनका क्रममा हुने छलफल र अन्तरक्रियाले भइरहेका प्रयासको मूल्यांकन र संगठनलाई योजना तर्जुमामा महत्वपूर्ण सुझाव प्राप्त हुने प्रवक्ता भण्डारी बताउँछन् । सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पुर्याएर भूपूसैनिकको समाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन सेनाले कोसिस गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com