ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल


एबीसी / संवाददाता

काठमाडौँ,२५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् ।

प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए ।

मुख्यमन्त्री रावललाई विश्वासको मतको वातावरण नबनेपछि गत माघ ११ का लागि बोलाइएको बैठक सो दिन बैठक बस्नै सकेन । त्यसपछि अनिश्चित बनेको बैठक करिब करिब दुई सातापछि बस्दै छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् ।

नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख सर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरूणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।

२७ पुसमा नेकपा (माओवादी केन्द्र)का ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिने समयावधिको उत्तरार्धमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com