ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल


ABC NEWS
माघ २५, २०७९ बुधबार  ६ : ३३ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

मंगलबार सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो विकसित राजनीतिक परिस्थिति जटिल भएकाले सहयोग गर्न आग्रह गरेका हुन् ।

गैर सांसदका रुपमा गृहमन्त्री बन्ने योजना असफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना मन्त्रीलाई फिर्ता बोलाए पछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा समस्या आउन नदिन नयां पहल शुरु गरेका हुन् ।

‘रविजीको पार्टी सरकारबाट बाहिरियो, कुनबेला समर्थन फिर्ता लिन्छ टुंगो छैन, कोलिसनभित्र समस्या आउन नदिन जसपा र एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन औपचारिक भनिएको हो,’ भेटबारे स्रोतले नेपालखबरसँग भन्यो, ‘भोलि अप्ट्यारो स्थिति नआओस, राष्ट्रपति चुनावको विषयमा पनि छलफल भयो।’

जसपाले प्रचण्डलाई सरकार बनाउन समर्थन गरेपनि सरकारमा सहभागी छैन।

‘प्रधानमन्त्रीसँग छलफल भयो, खासै उल्लेख्य केही भएन,’ भेटबारे जसपा अध्यक्ष यादवले भने, ‘हामी सरकारबाहिर छौँ, समर्थन गरिराखेका छौँ।’

प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको एकीकृत समाजवादी कांग्रेससहितको गठबन्धनमा छ। तर, प्रचण्ड एकीकृत समाजवादीलाई ल्याएर सम्भावित खतरालाई साम्य पार्न कोशिश गरेका छन् ।

एक नेताका अनुसार तीन शीर्ष नेताबीच समाजवादी मोर्चा बनाउने विषयमा पनि छलफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com