ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गर्न कांग्रेसलगायत विपक्षी दलको बैठक बस्दै


एबीसी / संवाददाता
माघ २२, २०७९ आईतबार  ७ : ३४ बजे

काठमाडौँ, २२ माघ । राष्ट्रियसभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरूको बैठक आज पनि बस्ने भएको छ ।

शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)ले भने आफ्नो पार्टीबाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिएका थिए ।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन ।

यद्यपि, आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

सम्बन्धित

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com