ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर


एबीसी / संवाददाता
माघ १९, २०७९ बिहीबार  ८ : ४१ बजे

झापा, १९ माघ । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ ।

गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए । बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो ।

भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै अभिभावकको उजुरीका आधारमा काँकरभिट्टा माविको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताए ।

उनले भने, “सरकारी मापदण्डअनुसारको खाद्यवस्तु उत्पादन भए नभएको हेर्ने गरेका छौँ ।” मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको उनले बताए । बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवन नभएका नुडल्स् बिक्रीवितरण भइरहेका छन् । नेपालमा उत्पादित नुडल्स्मा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स् अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराई बताउँछन् ।

खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ । विशेष गरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ । जिल्लामा संकलित खाद्यवस्तुको नमुना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com