ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबरजस्ती करणीमा जेल गएका व्यक्तिबाट दाङ जेलभित्रै महिलामाथि बलात्कार


ABC NEWS
माघ १६, २०७९ सोमबार  ९ : ३५ बजे

 

दाङ १६ माघ । दाङको तुलसीपुर कारागारभित्र एक महिला बन्दीमाथि जबरजस्ती करणी भएको छ।

आफूमाथि जबरजस्ती करणी भएको भन्दै ति महिलाले कारागारकै बन्दी तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीमाथि किटानी जाहेरी दिएकी हुन्। चौधरीमाथि अनुसन्धान र कारबाही प्रक्रिया चलिरहेको छ।

घटना गत कात्तिकमा भएको भएपनि अहिले आएर सार्वजनिक भएको हो।

कात्तिक १७ गते दिउँसो सवा २ बजे कारागारको भान्छा कोठामा चौधरीले जबरजस्ती करणी गरेको महिलाको आरोप छ।

अभियुक्त चौधरीले जबरजस्ती करणी मुद्दामा नै कैद भुक्तान गरिरहेका छन्। महिला ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार कारागारमा चौधरी पुरुष बन्दी तर्फको चौकिदार र अर्की महिला बन्दीतर्फकी चौकिदार थिइन्। चौकिदारहरुलाई आवश्यकता अनुसार अरु बन्दी भन्दा खुकुलो हुने गर्दछ।

कारागारको भान्सामा महिलाले तातोपानी तताएर भाँडा माझ्दै गरेको अवस्थामा चौधरी पसेर कोठाको चुक्कुल लगाइ जबरजस्ती गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ। आफू चिच्याउन लागेपछि मुख बन्द गरेर जबरजस्ती करणी गरेको पीडितले प्रहरी समक्ष बताएकी छन्।

उजुरी आएपछि कारागार प्रशासनसँग समन्वय गरेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक केसीले बताए। अनुसन्धान पुरा गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको थियो।

उक्त घटनामा महिलाको उमेर अनुसार अभियुक्त खुमबहादुर चौधरीलाई ७ देखि १० वर्षसम्म कैद सजाए मागदाबी गरिएको प्रहरी निरीक्षक केसीको भनाइ छ।

मुद्दाको क्रममा गत पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भएको थियो। मुद्दामा फैसला आउन बाँकी छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com