ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशमा प्रदेशमा जनमत पार्टीले चाहेको मन्त्रालय नपाएपछि विरोध


ABC NEWS

 

जनकपुरधाम १२ माघ । मधेश प्रदेशमा आफ्नो दलले चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उनले अस्वीकार गरेका छन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकले बिना विभागीय तीन मन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो ।

बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमतका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

‘प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित कार्यविभाजनको पत्र हेर्दा हामी आश्चर्यचकित भएका छौं, ’जसपा मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले भने ‘हाम्रो मन्त्रीले यो मन्त्रालय स्वीकार्दैन । पार्टी यस विषयमा बसेर छलफल गर्छौ ।’

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभास सम्हालेका छन् ।

मधेश प्रदेशमा १० वटा मन्त्रालय छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सुरुमा एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिने सहमति बनेको थियो ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सोही दिन जसपा, एमाले र जनमतबाट एकएक गरी तीन मन्त्रीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री यादवले मन्त्रिपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com