ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको आकाशमा शीतयुद्ध मडारिएको छ, सचेत बनौं : नेका नेता पौडेल


ABC NEWS
माघ १०, २०७९ मंगलबार  २ : ३४ बजे

 

 

काठमाडौं १० माघ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै पौडेलले नेपालभित्र विभिन्न समस्या त छन् नै । त्यसमाथि नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् ।

 

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै पौडेलले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

 

पौडेलले यसका लागि देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको आह्वान गरे । पौडेलले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको धारणा राखे ।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए ।

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बौल्दै सांसद पौडेलले अहिले मूलतः तीन कारणले राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

 

‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ । तर कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन,’ उनले अघि भने, ‘म पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा उभिएर आएको हुँ । देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन जान्छ ।’

नेता पौडेलले अहिले मुलुकको कमसल अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए । ‘हाम्रो देशको अर्थतन्त्र अहिले कमसल बनेको छ । देशको आर्थिक समृद्धिका लागि दलहरू मिल्नु आवश्यक छ,’ उनले भने, ‘अर्को हामीमाथि नयाँ भूराजनीतिक दबाब छ, हाम्रो आकाशमाथि शीतयुद्ध मडारिरहेको छ । हिजो शीतयुद्ध युरोपको आकाशमा मडारिएको थियो, अहिले हाम्रो हिमालमाथि चलिरहेको छ । स्विजरल्यान्डले कसरी आफूलाई बचयो, नेपालले त्यसबाट पाठ सिक्नु जरुरी छ ।’

नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई यथाशीघ्र पूर्णता दिनुपर्ने र त्यसकालागि भए पनि दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए । ‘हाम्रो शान्ति प्रक्रिया अझै टुंगिएको छैन । यसलाई टुंगोमा पुर्‍याउनु हाम्रो कर्तव्य हो । शान्ति प्रक्रियाका जति पनि बाँकी काम छन्, द्वन्द्वका घाउहरू छन्, त्यहाँ हामीले मलम लगाउन सक्नुपर्छ,’ उनले भने ।

पौडेलले देशमा संघीयतासँगै कुशासन मौलाएको र भ्रष्टाचारीहरूले दलीय संरक्षणमा मनमौजी गरिरहेको आरोप लगाए । ‘नागरिकले सुशासन चाहेका छन् । तर, हामी कहाँ सुशासनको अवस्था दयनीय छ, वास्तबमा देशभर कुशासन मौलाएको छ,’ उनले भने, ‘हामीले शासकीय विकेन्द्रीकरण त गर्‍यौँ, तर भ्रष्टाचारको पनि विकेन्द्रीकरण भएको छ । एउटा भ्रष्टाचारीलाई हामीले कारबाही गर्न सकिरहेका छैनौँ । दलहरूले अपराधीलाई संरक्षण दिने र प्रोत्साहन दिने प्रवृत्तिलाई हामीले सधैंका लागि अन्त्य गर्नुपर्नेछ ।’

 

उनले मुलुकको राजनीति चुनौतीपूर्ण परिस्थितिबाट अघि बढिरहेकाले यसबाट बाहिर निकाल्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने बताए ।

नेता पौडेलले मुलुकमा नेतृत्वको अभाव भएजस्तो महसुस भइरहेको बताए । ‘नेतृत्वको अभाव जस्तो महसुस हुँदैछ । राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव देखिरहेको छु । सत्ताको राजनीतिको दबदबा बनेको अवस्था छ,’ पौडेलले प्रश्न गर्दै भने, ‘निष्ठाको राजनीति किनारा लाग्दा निराशाका घण्टीहरू बजिरहेका छन् । नकारात्मक प्रवृत्तिले प्रोत्साहन पाइरहेको छ । असन्तुष्टिको घण्टी त बजिसक्यो, अब त्यसलाई सम्बोधन गर्न दलहरू एकतावद्ध हुने कि नहुने रु’

उनले नेतृत्वले आत्मविश्वास गुमाएका कारण अहिलेको संकट पैदा भइरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि समेत सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सक्नुपर्ने बताए । ‘हाम्रो संविधान संकटमा परिरहेको महसुस हुन्छ । लोकतन्त्र जकडिएको अवस्थामा छ, अति दलबन्दीबाट लोकतन्त्र जकडिएको छ । पुर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको छ । विभाजित मानसिकताबाट ग्रसित बनेको छ,’ उनले भने, ‘त्यसैले लोकतन्त्र सत्ताको खेलमा जकडिएको छ । यस्तो खेलबाट लोकतन्त्रको संमृद्ध हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

एमालेको सचिवालय बैठक सर्यो, सोमबार अध्यक्ष ओलीकै निवासमा बस्ने

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com