ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा र रास्वपा एउटै सिक्काका दुई पाटा,महिलालाई दोस्रो दर्जा, मन्त्री सबै उच्च जातिय पुरुष


ABC NEWS
माघ ३, २०७९ मंगलबार  ९ : २६ बजे

 

काठमाडौं ३ माघ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पूर्व राजवादी सामन्ती वर्चस्वको विचारधारा बोकेको पार्टी राप्रपा पनि वर्तमान गणतन्त्तवादी गठबन्धनमा समेल छ। नयाँ उदाएको भनिएको र पुराना पार्टीहरुको शासकीय असफलताबाट वाक्क भएका मतदाताले रास्वपाका युवायुवतीलाई सांसद बनाइदिए । तर सरकारमा मन्त्री हुने बेलामा राप्रपा र रास्वपा दुवै बाट उच्च जातीय वर्गका पुरुषहरुले मात्र हालीमुहाली गर्ने भएका छन् ।
शुरुमै उपप्रधान सहित गृहमन्त्री बनेका रबि लामिछाने थप दुई जना मन्त्रीमा शिशिर खनाल र डोलप्रसाद अर्याललाई छानेका छन् । सरकारमा कन्फिलिक्ट अफ इन्ट्रेस भएको व्यक्ति सामेल हुनु हुँदैन भन्ने त शुरुमै रवि लामिछानेले आफू विरुद्ध दोहोरो नागरिकता र पासपोर्टमा छानविन गरिरहेको गृहमन्त्रालय नै मागेर लिए । उनले छानेका दुई जना मन्त्रीहरुको पनि उनीहरुको व्यवसाय मिल्ने मन्त्रलाय दिलाएका छन् । शिशिर खनालले शिक्षा सम्वन्धी गैरसरकारी संस्था र व्यवसाय चलाउँदै आएका छन् भने डोल प्रसाद अर्याल रेमिट्यान्सका नाममा हुण्डी कारोवारी रहेको सो क्षेत्रका व्यवसायीहरुले बताएका छन् । उनै अर्याललाई रबि लामिछानेले श्रम तथा रोजगार मन्त्रालय दिएर पोस्ने काम गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्।

सभापति रवि लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्।

सत्ता साझेदार दलहरूको बैठकमा रास्वपालाई गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिने समझदारी बनेको छ।

साथै एक राज्यमन्त्री पनि रास्वपाले पाउनेछ। तर कुन राज्यमन्त्री पाउने अहिलेसम्म निश्चित भइसकेको छैन।

रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ। अर्याल रास्वपाका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।

अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन्। उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए। सोही अनुभवका आधारमा उनलाई श्रम मन्त्री बनाउन लागिएको छ।रास्वपाको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा सभापति लामिछानेलाई नै दिएको थियो।

माधव नेपालले देउवा सरकारका पाला म्यानपावर व्यवसायी कृष्ण श्रेष्ठलाई, त्यसभन्दा अघि म्यानपावर व्यवसायी टेकबहादुर गुरुंलाई कांग्रेसले श्रम मन्त्री बनाएके थियो । गुरुंग सोही मुद्धाका कारण अहिले निर्वाचित भएर पनि निलम्वित छन् ।
श्रेष्ठ र गुरुंगको लाइनमा रवि लामिछानेको पार्टीको उपसभापति रहेका डोलप्रसाद अर्याल लागेका छन् ।
रास्वपामा प्रत्यक्ष निर्वाचित र प्रतिभाशाली दुई जना योग्य महिला छन् । तर उनीहरु रबिको रोजाइमा परेनन् । राप्रपमा पनि प्रत्यक्षमा कोही महिला निार्वचित नभएपनि ६ जना महिलालाई बाध्य भएर समानुपातिक कोटाबाट सांसद बनाएको छ । तर उनीहरु राजेन्द्र लिंगदेनको नजरमा मन्त्री बन्न सक्ने देखिएनन् ।
राप्रपा र रास्वपा दुवैका प्रमुखको चिन्तन पुरातनपन्थी हो भन्ने चर्चा हुँदै आएको थियो । त्यो कुरालाई उनीहरुले निर्वाचन सकिएको २ महिना नहुँदै चरितार्थ गरेका छन् ।
रास्वपाभित्र समानुपातिक, समावेशी र सामाजिक लोकतन्त्रको कुरा गर्नेहरुले अव कस्तो कुरा गर्लान भन्ने जिज्ञासा सवैतिर बढेको छ ।

राप्रपाबाट अध्यक्ष लिंगदेन, उपाध्य धु्रवबहादुर प्रधान र धवल शमशेर राणा तथा दिपक बहादुर सिह मन्त्री बन्दैछन् ।

राप्रपा र रास्वापाले दुत्कारेका दलहरु एमाले र माओवादीबाट भने मन्त्री भएका संख्याको कम्तीमा ३३ प्रतिशत महिला नै मन्त्री हुँदैछन् ।

रबिले कस्तालाई मन्त्री बनाउन चाहन्छन् ? किन डा. तोसिमा, सोविता र मनिष झालाई मन्त्री बनाउँदैनन् ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com