ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रबिले कस्तालाई मन्त्री बनाउन चाहन्छन् ? किन डा. तोसिमा, सोविता र मनिष झालाई मन्त्री बनाउँदैनन् ?


ABC NEWS
३ माघ २०७९, मंगलबार   ८ : ३४   बजे

 

काठमाडौं ३ माघ । वर्तमान गठबन्धन सरकारको चर्चित दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मन्त्री बन्ने र बनाउने बीचमा समस्या शुरु भएको छ । सोमबार मात्र सभापति रबि लामिछाने ले संसदीय दलको बैठक भर्चुअल बैठक राखेर मन्त्री बन्नेहरुको रुचि र राय मागेका थिए । यस अघि नै लामिछानेले प्रत्यक्ष निर्वाचन जितेर आएका भन्दा आफ्नो मनले खाएका र चुनावमा चन्दा सहयोग गरेका समानुपातिकका व्यक्तिहरुलाई मन्त्री बनाउन चाहेका छन् ।
रास्वपा स्रोतका अनुसार पहिलो नजरमा नै रवि लामिछानेले काठमाडौ २ बाट निर्वाचित सोविता गौतम र ललितपुर ३ बाट विर्नाचित डा. तोसिमा कार्कीलाई मन्त्री नबनाउने लिष्टमा राखेका थिए । रवि लामिछानेको मन्त्री नबनाउने लिष्टका अर्का व्यक्ति हुन् मनिष झा । उनी रास्वपाभित्रका २० जना सांसदहरु मध्ये सवैभन्दा बढी राजनीतिक सुझबुझ भएका र राम्रो जनसम्पर्क भएका व्यक्ति हुन् । उनको विगत नेपाली कांग्रेससंग जोडिए पनि उनी सामजिक प्रजातन्त्र को वकलात गर्दछन् । उनले फ्याक्ट नेपाल नामक स्थापित संस्था चलाउंदै आएका छन् ।

त्यस्तै रबिले मन्त्री बनाउन नचाहकेका अर्का व्यक्ति हुन् सन्तोष परियार । उनी दलित समुदायका र राम्रो ओरेटर भएका कारण लामिछाने उनीबाट पनि त्रसित छन् । उनले आफ्ना पकेट कर्मचारीका रुपमा हेरेका मानिसहरुलाई मात्र मन्त्री बनाउन लागेको भन्दै दलभित्र असन्तोष विस्फोट हुने तहमा पुगेको एक जना सांसदले नाम नबताउने शर्तमा बताए ।
स्वास्थ्य मन्त्रालय लिएर मेडिकल व्यवसायी चन्दा कार्कीलाई मन्त्री बनाउन चाहेका रविले प्रत्यक्ष निर्वाचित मध्येबाटै मन्त्री बनाउनु पर्ने दबाब झेल्न नसकेपछि सो मन्त्रालको दावी नै छाडिदिए । स्वास्थ्यमा प्रत्यक्ष निर्वाचित डा. तोसिमा कार्कीलाई मन्त्री बनाउनु पर्ने कारणले रबिले सो मन्त्रालय छाडेका बताइन्छ । स्रोत काअनुसार काठमाडौं ६ का शिशिर खनाल पनि रबिको रोजाइका सांसद होइनन् । तर तोसिमा वा सोविता वा विराजभक्त श्रेष्ठ भन्दा केही विशेक भन्दै खनाललाई शिक्षा मन्त्री बनाउन बाध्य भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय लिंदा मनिष झालाई बनाउनु पर्ने बाध्यता हुनाले उनले सो मन्त्रालयको साटो श्रम रोजगार मन्त्रालय दिन प्रधानमन्त्री संग हार गुहार नै गरिरहेका छन् ।

बाहिर वा चुनावमा जतिसुकै चर्का कुरा गरेपनि वा युवा र सक्षमले अवसर पाउनु पर्ने भने पनि उनले पनि पुरानै पार्टीहरुले जस्तै पकेटका मानिसलाई मन्त्री बनाउने तहमा पुगेका छन् । उनको गत झण्डै तीन हप्ताको कामले समेत आफैलाई असफल र स्टन्ट बाहेक केही गर्न नसक्ने तहमा पुर्याएकै छन् । मन्त्रि परिषद् विस्तारपछि सवैभन्दा बढी विवाद हुने दल रास्वपा बन्ने सोही दलका सांसदहरुले दावी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्।

सभापति रवि लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्।

सत्ता साझेदार दलहरूको बैठकमा रास्वपालाई गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिने समझदारी बनेको छ।

साथै एक राज्यमन्त्री पनि रास्वपाले पाउनेछ। तर कुन राज्यमन्त्री पाउने अहिलेसम्म निश्चित भइसकेको छैन।

रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ। अर्याल रास्वपाका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।

अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन्। उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए। सोही अनुभवका आधारमा उनलाई श्रम मन्त्री बनाउन लागिएको छ।

 

कुन दलका को को मन्त्री ? जसपाको माग के हो ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group