ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु आर्थिक वर्षको पुस महिनामा सबैभन्दा बढी १ खर्ब २९ अर्ब राजस्व उठ्यो


ABC NEWS
माघ २, २०७९ सोमबार   २ : ५३   बजे

 

काठमाडौं २ माघ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महिनामा सरकारले लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । नयाँ आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै संकलन पुस महिनामा भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस महिनामा मात्र १ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिना आयकरको पहिलो किस्ता बुझाउने महिना समेत हो । सोहीकारण अन्य महिनाको तुलनामा पुसमा बढी राजस्व उठेको हो । पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ ।

पुस १ मा ३ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा ३० पुस मा ४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यसमध्ये कर राजस्व ४ खर्ब ५ अर्ब २६ करोड रुपैयाँ भएको छ । गैरकर राजस्व ५३ अर्ब ७१ करोड रुपैयाँ संकलन भएको छ । यसबीचमा अनुदानबाट ४ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको सरकारले अन्य आम्दानी भने ३१ अर्ब ५ करोड रुपैयाँको भएको छ । यस अनुसार ६ महिनामा सरकारको कुल आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ बराबर भएको छ ।

आम्दानी भन्दा खर्च ८१ अर्ब ५० करोड बढी

महालेखाको तथ्यांक अनुसार पुस मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च सवा खर्बले बढी देखिएको छ । यस अवधिमा सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ भएको छ । आम्दानी भने ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ भएको छ । जस अनुसार सरकारको आम्दानी भन्दा खर्च ८१ अर्ब ५० करोड रुपैयाँ धेरै भएको छ । सरकारले पहिलो ६ महिनामा कुल लक्ष्यको ३२।१३ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

पूँजीगत खर्च ५३ अर्ब ४५ करोड मात्र

६ महिनाको अवधिमा पूँजीगत प्रकृतिको खर्च मात्र ५३ अर्ब ४५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल पूँजीगत खर्च गर्ने लक्ष्यको मात्र १४।०४ प्रतिशत हो । तर, चालु खर्च भने ४ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको ३८.४६ प्रतिशत हो । यस आवमा सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गर्दैछ । यसबीचमा वित्तीय व्यवस्थामा ६७ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group