ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, पुराना ऋणीलाई राहत, संशोधनका मुख्य बुँदा यस्ता छन्


ABC NEWS
पुस २१, २०७९ बिहीबार   ६ : १८   बजे

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ।

उद्योगी व्यवसायीले मार्गदर्शन कार्यान्वयनमा आए उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन गरेपछि आज राष्ट्र बैंकले बाध्य भएर संशोधन गरेको हो।

संशोधनले पुराना ऋणीहरुलाई राहत दिएको छ। चालू प्रकृतिका कर्जा लिने पुराना ऋणीहरुलाई राष्ट्र बैंकले चालू सम्पत्तिको तुलनामा सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुलाई भुक्तानीको समय २०८२ असारसम्म थप गरिदिएको छ।

त्यसमा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी सुविधा थप गरिदिएको हो।

उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो। २०७८ पुसमा मार्गदर्शनको मस्यौदा तयार गरेको थियो। त्यसपछि सरोकारवालाहरुसँग राष्ट्र बैंकले प्रतिक्रिया र सुझाव मागेको थियो।

अर्थ मन्त्रालयका कार्यकारी निर्देशक गुणाकर भट्टका अनुसार पछिल्लो समय अर्थतन्त्र सामान्य अवस्थामा फर्किएको छ। विदेशी मुद्रा सञ्चिति राम्रो छ। रेमिट्यान्स पनि बढी भित्रिएको छ भने पर्यटकहरु धेरै भित्रिन थालेका छन्। यसले सकारात्मक संकेत गरेको उनको भनाइ छ।

चालू पुँजी कर्जा मार्गदर्शन जारी गर्नुको मुख्य कारण जुन प्रयोजनको लागि कर्जा गएको हो। त्यसमा नै लगानी होस् भन्ने थियो। भट्टका अनुसार २०७८ पुसमा मस्यौदा तयार गरेर सबैको सुझाव लिएपछि मार्गदर्शन भदौमा जारी भएको थियो भने कात्तिकबाट लागू गरिएको हो।

‘२०७९ मंसिरको पहिलो हप्तासम्म सुझावहरु लिएका थियौँ’, उनले भने।

सोही सुझावअनुसार संशोधन भएको उनको भनाइ छ।

उनले भने, ‘मुख्य संशोधन भनेको समयसीमाको व्यवस्थामा हो, त्यो संशोधन भएको छ।’

अघिल्लो सरकार हुँदा कुनै पनि बुँदामा संशोधन गर्न टसमस नभएका गभर्नर अधिकारी नयाँ सरकार गठन भएपछि भने एकाएक उद्योगी व्यवसायीलाई बोलाएर चालु पुँजी कर्जा संशोधनको मध्यमार्गी प्रस्ताव गरेका थिए।

त्यही मध्यमार्गी प्रस्तावका बारेमा बुधबार गभर्नर अधिकारीले प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पौडेलसँग छलफल गरेका थिए। उक्त बैठकमा गभर्नर अधिकारीले चालु पुँजी कर्जाको विषयमा उद्योग व्यवसायीहरुले उठाउँदै आएका मागसहित संशोधन गर्ने विषयहरुबारे छलफल गरेका थिए।

अर्थमन्त्री जनार्दन शर्मा हुँदा अर्थमन्त्रालय टेक्न पनि नचाहेका गभर्नर अधिकारी विष्णु पौडेलले अर्थको जिम्मेवारी पाउने वित्तिकै उद्योगी व्यवसायीसँगको छलफलमा कुम जोडेर उभिएका थिए। अर्थमन्त्री पौडेलले गभर्नर अधिकारी र उद्योग व्यवसायीसँग छुट्टाछुट्टै भटेर चालु पुँजी कर्जामा देखिएको विवाद समाधानको उपाय निकाल्न आग्रह गरेका थिए।

सोमबार गभर्नरले व्यवसायिक संगठनका पदाधिकारीहरुलाई बोलाएर उनीहरुको माग र सुझाव यथाशीघ्र बुझाउन भनेका थिए। जसलगत्तै मंगलबार व्यवसायीहरुले सुझाव बुझाउँदै पुराना ऋणीलाई आर्थिक वर्ष २०८१/८२ बाट चालु पुँजी कर्जा मार्गदर्शन ‍लागू गर्न माग गरेका थिए। असारसम्म नयाँमा पनि लागू नगर्न भनेका थिए।

के छ मुख्य संशोधन ?
– संशोधन भएको मार्गदर्शनले कार्यान्वयनमा आउनुअघि तोकिएको सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई राष्ट्र बैंकले २ वर्षको समय थप गरिदिएको छ। जसमा सीमाभन्दा बढी कर्जालाई आवधिक कर्जालाई आवधिक कर्जा मानेर ५ किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था थप भएको छ।

  • मार्गदर्शन लागू हुनुभन्दा पहिले चालू प्रकृतिका कर्जा लिएकाको ऋण पुनर्तालिकीकरण र पुनर्संरचना गरिएको मानिनेछैन। सीमाभन्दा अधिक कर्जा लिने ऋणीले भुक्तानी २०८० असार मसान्तदेखि सुरु भएर २०८१ असारर पुस र २०८२ असार र पुस मसान्तमा भुक्तानी गर्नुपर्ने संशोधनमा उल्लेख छ।
  • सीमामाथि रहेका चालू पुँजी कर्जामा थप प्रोभिजन गर्नु नपर्ने र तोकिएको समयभन्दा अगावै भुक्तान गर्नु चाहेमा ऋणीलाई पूर्वभुक्तानी गर्ने पर्ने व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
  • संशोधन भएको व्यवस्थाअनुसार आवधिक कर्जालाई असार मसान्तपछि लागू गरेर पाँच वर्षभित्र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। यसअघि रोकिएको कर्जा नवीकरण असार, पुस र चैतमा नवीकरण गर्न सकिने समेत संशोधनमा उल्लेख छ।
  • राष्ट्र बैंकले ५० लाख रुपैयाँको सीमालाई १ करोड रुपैयाँसम्मको कर्जाका लागि बढाएको छ। १ करोडभन्दा कमको लागि मार्गदर्शनको नियम लागु नहुने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group