ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्लै फर्किन्‍नँ भनेका राजेन्द्र लिङ्देन १४ सांसदसहित संसद छिर्दै


एबीसी / संवाददाता

काठमाडौं, ७ पुस । ‘सबै माननीय सदस्यहरूलाई सांसदको विजयका लागि, उपस्थितिका लागि शुभकामना व्यक्त गर्दछु । म पनि प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा यहाँ उपस्थित हुने र यस प्रकारका निर्णय ९संसदमा हुने गलत निर्णय० हुन नदिने भूमिका निर्वाह गर्ने संकल्प र अठोटका साथ जनताको बीचमा जाँदै छु,’ गत १९ भदौमा बसेको प्रतिनिधिसभा बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए ।

तत्कालीन प्रतिनिधिसभाको  कार्यकाल लम्ब्याउन खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका  उनले ४ मंसिरमा हुने निर्वाचनबाट एक्लै सांसदको रुपमा संसद भवनमा नआउने बताएका थिए । अर्थात् संख्या बढाएर आफू संसद बैठकमा उपस्थित हुने उनको प्रतिज्ञा थियो ।

२०७४ सालको निर्वाचनमा राप्रपाबाट लिङ्देन एक्लैले चुनाव जितेका थिए । तत्कालीन प्रतिनिधिसभामा राप्रपाबाट उनले मात्र प्रतिनिधित्व गरेका थिए । १९ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा रोष्ट्रम प्रयोग गरेर उनले सांसद पदबाट राजीनामा घोषणा र सेवासुविधा उपलब्ध नगराउन संसद सचिवालयलाई आग्रह गर्दै आउने संसदमा संख्या बढाएर फर्किने बताएका थिए ।

उनले निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका थिए । 
४ मंसिरमा हुने निर्वाचनको तयारी र संसदको आयू लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले बैठकमा भनेका थिए, ‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ । तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसले मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।’ 
एक्लो सांसदको रुपमा मात्र नभएर गलत निर्णय रोक्न सक्ने क्षमतासहित राप्रपालाई संसदमा उपस्थित गराउने दाबी गर्दै १९ भदौमा प्रतिनिधिसभा बैठकमा भनेका लिङ्देनले आफ्नो वाचा पूरा गरेका छन् ।

४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले सात सिट प्रत्यक्षमा र सात सिट समानुपातिकमा जितेको छ । राप्रपा संसदीय दलका नेतासमेत रहेका लिङ्देन बिहीबार एक्लै नभएर आफ्ना १४ सांसदसहित प्रतिनिधिसभा सदस्यको शपथ खान नयाँ बानेश्वरस्थित संसद भवन छिर्दैछन् ।

संसदमा पाँचौ शक्तिशाली पार्टीको रुपमा राप्रपा रहनेछ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीपछि राप्रपालाई पाँचौं शक्तिशाली पार्टीको  अध्यक्ष लिङ्देन संसदमा उपस्थित गराएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचितथ प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com