ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को हुन् त बादी समुदाय ? (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ६ पुस । बादी समुदाय एक यस्तो समुदाय हो जतिबेला राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु उनीहरूको मुख्य पेशा थियो जुन पेशा बाट उनीहरूको गुजारा चल्थ्यो । आधुनिकतासँगै बादी समुदायको पेशा छायामा पर्दै गए पछि बादी समुदाय आफ्नो पहिचानको लागी आवाज उठाइरहेका छन् । तीन तहकै सरकार उनिहरुको समस्याप्रति उदासिन बनेको छ, सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन बादी समुदायले आग्रह गरेका छन् ।

इतिहासकारहरूका अनुसार भारतबाट १४ सय शताब्दीमा राजा रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए । तत्कालीन राजा रजौटा र जमिनदारलाई मनोरञ्जन दिन बादीलाई प्रयोग गरिन्थ्यो । राजा, राणा हुँदै पञ्चालयत कालसम्म नाचगानमा नै व्यस्त रहे पनि २०४६ सालको प्रजातन्त्रपछि भने यो समुदायमा नाचगान खुम्चिँदै गएको र देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चारमाध्यम स्थापना भएपछि उनीहरूको पेसा संकटमा परेको देखिन्छ । पेसामा संकट आएपछि बादी समुदायका महिलाहरू बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ ।

यौन व्यवसाय सरकारले पूर्ण रूपमा बन्द गरेपछि यो समुदायले नदी र खोलामा माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्ने गरेका छन् । संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएको महशुस गरेको उनीहरु बताउछन् । बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले,  बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु यौन व्यवसाय अँगाल्न बाध्य भएको बताइन् ।

उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताइन् । उनले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन् । नेपालमा चलेको जनयुद्ध र शान्ति प्रक्रिया सुरु भएपछि काठमाडौंको संसदभवन अगाडि महिनौ धर्ना दिएर बादी समुदायले आफ्ना मागहरू राखेका थिए । बादीहरूलाई सरकारले बस्ने घर र जमिन उपलब्ध गराएको थियो । अहिले प्राय बादी समुदायको महिलाहरुले योन पेसालाई छोडेर अन्य पेसा अपनाए पनि अझैं पनि समाजले उनिहरूलाई राम्रो दृष्टीले हेर्दैन भन्ने बादीहरूको गुनासो छ । त्यस्तै बादी समुदायबाट अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताइन् । उनले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले राजनीतिक दलहरुले निर्वाचनताका ठूलो आश देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताइन् ।

आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ । बादी समुदायको उत्थानसम्बन्धमा जानकारी आदानप्रदान गर्न सञ्जाल स्थापना र बिस्तार गर्दा धरै मानिसमा बादी समुदायको पहिचान पुग्छ । त्यसैगरी, बादी समुदायका लागि आवश्यक स्रोत साधन, व्यवस्थित बसोबासको व्यवस्था र उनिहरुको उत्थान र विकासका लागि काम गरी उनिहरुलाई पहिचान दिलाउन आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com