काठमाडौं, २ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै यसले अस्थिरता उत्पन्न गरेको बताएका छन् ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई सही दिशामा डोर्याउन नसक्दा चुनावले गलत नतिजा दिएको बताए ।
उनले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको बताए ।ओलीले भने– जनतालाई सचेत गराउन नसक्नु,सही दिशामा लैजान नसक्नु प्रमुख दलको नेताको हैसियतले मेरो पनि कमजोरी स्वीकार गर्छु । अब कस्तो सरकार बन्छ भन्ने म ५८ वर्ष राजनीति गरेको मान्छेले भन्न नसक्ने अवस्था छ । अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ । पोलिटिकल भाउ चर्को छ,यसले स्थिरता दिँदैन ।सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट नभएको ओलीले बताए ।








प्रतिक्रिया दिनुहोस्