ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा मेट्रो रेलको विकल्प छैन, महानगर मिलेर काम थालौं : चिरिबाबु महर्जन


एबीसी / संवाददाता
पुस २, २०७९ शनिबार  २ : ३५ बजे

काठमाडौं, २ पुस । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन् ।

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि धारणा राखे । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ ।

‘काठमाडौं उपत्यकामा अब मेट्रो ९रेल० को विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त रु अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त रु यही मोटरसाइकल ल्याउने रु’ मेयर महर्जनले भने ।

मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले महंगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताए ।

‘अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । विलम्व नगरी यो काम अघि बढाऔँ । यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन । त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाले राम्रो भूमिका खेल्नुपर्छ’ उनले भने ।

मेयर महर्जनले मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका मेयरले प्रमुख भूमिका खेल्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com