ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबलमा मेस्सीले कस्ता कस्ता कीर्तिमान बनाए त ? सवैभन्दा धेरै कप्तानी


एबीसी / संवाददाता
मंसिर २९, २०७९ बिहीबार  १२ : ४९ बजे

 

काठमाडौं । फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा शानदार जित निकाल्दै र्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। यससँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई सर्वकालीन महान फुटबलरको रुपमा चर्चा गर्न थालिएको छ ।

उनले विश्वकप फुटबलमा केही कीर्तिमान पनि राखेका छन्। उनका हालसम्मका कीर्तिमान यस्ता छन् ।

– मेस्सी पाँच विश्वकप खेल्ने ६ खेलाडीमध्येका एक हुन्। उनीसँगै एन्टोनियो कार्बजल, लोथार म्याथहउस, राफा मार्कज, एन्ड्रेस गुआर्डाडो र क्रिस्टियानो रोनाल्डो पनि यो सूचीमा छन्।

– लोथार म्याथहउस र मेस्सीले विश्वकपमा सबैभन्दा धेरै खेल खेलेका छन्। उनीहरुले विश्वकपमा २५ खेल खेलेका छन्। फाइनल खेलमा सहभागी भएसँगै उनले म्याथहउसको कीर्तिमान तोड्नेछन्।

– मेस्सी विश्वकपका सबैभन्दा धेरै खेलमा कप्तान गर्ने खेलाडी हुन्। उनले अहिलेसम्म विश्वकपका १८ खेल कप्तानको रुपमा खेलेका छन्। राफा मार्कुजले १७ र डिएगो म्याराडोनाले १६ खेलमा कप्तानी गरेका थिए।

– मेस्सी सबैभन्दा लामो समय विश्वकप खेल्ने कीर्तिमानको नजिक छन्। उनले अहिलेसम्म विश्वकपको खेलमा २१९४ मिनेट खेलेका छन्। फाइनल खेलमा उनले २४ मिनेट खेल्दा उनले इटालीका पाओलो मल्दिनीको २२१७ मिनेटको कीर्तिमान तोड्नेछन्।

– मेस्सी पाँच विश्वकपमा गोलको लागि पास उपलब्ध गराउने खेलाडी हुन्। उनीभन्दा पछाडि पेले, गर्जेगोर्ज लाटो, डिएगो म्याराडोना र डेभिड बेकह्याम छन्। उनीहरुले तीन विश्वकपको गोलका लागि पास दिएका थिए।

– मेस्सी र पेले विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोलको लागि पास दिने खेलाडी हुन्। उनीहरु दुवैले विश्वकपको नकआउट चरणमा ६ गोलको लागि पास उपलब्ध गराएका छन्।

– मेस्सी विश्वकपमा अर्जेन्टिनाको तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले अहिलेसम्म ११ गोल गरेका छन्। उनीभन्दा पछि गाब्रियल बाटिस्टुटा ९१००, डिएगो म्याराडोना ९८०, गुइलेर्मो स्टाबिले ९८०, मारिओ केम्पेस ९६० र गोन्जालो हिगुएन ५ गोल रहेका छन्।
– मेस्सी विश्वकपमा किशोरवय, २० को दशक र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन्। पेलेले यो अवसर केवल चार महिनाको कारण गुमाएका थिए।

– मेस्सीको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १८० दिन छ। सबैभन्दा लामो अन्तरको कीर्तिमानको दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो छन्। उनको विश्वकपको पहिलो र अन्तिम गोलबीचको अन्तर १६ वर्ष १६० दिन छ।

– मेस्सी विश्वकपमा सबैभन्दा धेरैपटक प्लेयर अफ द म्याच हुने खेलाडी पनि हुन्। सन् २००२ को विश्वकपदेखि प्लेयर अफ द म्याच घोषणा गर्न सुरु गरिएको थियो। मेस्सी अहिलेसम्म १० पटक प्लेयर अफ द म्याच भएका छन्। ब्राजिलमा भएको सन् २०१४ को विश्वकपमा उनी चारपटक प्लेयर अफ द म्याच भएका थिए। उक्त विश्वकपमा उनले एउटै विश्वकपमा सबैभन्दा धेरैपटक प्लेयर अफ द म्याच बन्ने कीर्तिमान बराबरी गरेका थिए। सन् २०१० मा भएको विश्वकपमा वेस्ली स्नेइज्दर पनि चारपटक प्लेयर अफ द म्याच भएका थिए।

– विश्वकपमा टोलीलाई सबैभन्दा धेरै खेल जिताउने कीर्तिमानभन्दा मेस्सी एक कदम मात्र टाढा छन्। जर्मनीका मिरोस्लाभ क्लोजले खेल्दा विश्वकपमा जर्मनीले १७ खेल जितेको छ। मेस्सीले अर्जेन्टिनालाई १६ खेल जिताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com