काठमाडौं, २५ मंसिर । देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।
पश्चिम तथा मध्य तराई क्षेत्रमा अहिले बिहानीपख लागेको हुस्सु र कुहिरो पनि घाम लागेसँगै क्रमिक रूपमा घट्दै जानेछ ।तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।








प्रतिक्रिया दिनुहोस्