ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब


एबीसी / संवाददाता
मंसिर १६, २०७९ शुक्रबार   ५ : ५६   बजे

काठमाडौं, १६ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ । बाँकी तीनवटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ ।

समानुपातिकतर्फसमेत मतगणना सकिने तर्खरमा छ । समानुपातिकतर्फको पछिल्लो अपडेटअनुसार एमाले पहिलो दलको रूपमा देखापरेको छ । उसले २७ लाख ७४३ हजार ९९९ मत ल्याएको छ ।  नेपाली कांग्रेस २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा छ । माओवादी केन्द्र ११ लाख ६१ हजार २५६ मतसहित तेस्रो स्थानमा छ ।

अब तीनवटा क्षेत्रमा मात्र मतगणना बाँकी रहेकाले थोरैले मतपरिणाम घटबढ भए पनि ठूलो भिन्नता आउने देखिँदैन । पछिल्लो समय उदाएका केही नयाँ दलहरूका कारण पुराना र स्थापित भनिएका दलहरूलाई प्रत्यक्ष र समानुपातिकतर्फको मतमा समेत धक्का लागेको छ । राष्ट्रिय दलका रूपमा उदाएका नयाँ दलहरूका कारण ठूला भनिएका दलहरूलाई सिट संख्यामा धक्का लाग्दा सुरक्षित ठानेर समानुपातिकमा बसेका नेताहरूको सपनामा भने ब्रेक लाग्ने देखिएको छ ।

समानुपातिकतर्फको मतपरिणामले नेपाली कांग्रेसका चर्चित नेताहरू संसदमा जानबाट वञ्चित हुने देखिएको छ । समानुपातिकमा सुरक्षित ठानेर बसेका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका प्रभावशाली नेताहरूलाई अप्ठेराे परेकाे छ ।

कांग्रेस प्रवक्ता महत यसपटक प्रत्यक्षमा उम्मेदवार बन्नै चाहेनन् । उनी समानुपातिकको खासआर्य पुरुषतर्फ पहिलो नम्बरमा छन् । निधि पनि मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बसेका छन् । स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छन् । सहमहामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा-३ का फरमुल्लाह मन्सुर मुस्मिल पुरुषतर्फ पहिलो नम्बरमा छन् । योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बसेका छन् । समानुपातिक छनोट प्रक्रियामा पहिलो नम्बर नै प्राथमिकता हुने गर्दछ ।

यद्यपि समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउनु पूर्वसंघीय संसदमा पार्टीको तर्फबाट महिला उपस्थिति हेर्नुपर्छ । कांग्रेसको प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५५ जना, समानुपातिकबाट पाउने (सम्भावित) सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी संघीय संसदमा कांग्रेसका ९६ जना सदस्य हुन्छन् ।

यसको ३३ प्रतिशत अर्थात ३२ जना महिला हुनुपर्छ । अहिले प्रतिनिधिसभामा एकजना र राष्ट्रियसभामा तीनजना महिला छन् । कांग्रेसले अब समानुपातिकबाट २८ जना महिलालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । बाँकी समानुपातिकतर्फबाट पाउने पाँचजना पुरुष जान पाउने छन् । महिलाको ३३ प्रतिशत पुर्‍याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रष्ट व्यवस्था छैन ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीले समानुपातिकतर्फ बन्दसूची पठाइसकेकाले अब कसलाई सांसद बनाउने भन्ने जिम्मा निर्वाचन आयोगको सूत्रले निर्धारण गर्ने बताए । यसमा आयोगले नै कसरी समानुपातिक सांसद छनोट गर्ने भन्ने विषयमा टुंग्याउने भएकाले यसमा पार्टीले केही गर्न नमिल्ने नेता लेखक बताउँछन् ।

यद्यपि यसपटक निर्वाचन आयोगले यसबारे निर्णय गरिसकेको छैन । तर, जनसंख्याको अनुपातमा जसको धेरै छ, उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना हुन सक्छ । त्यसो भएमा महिलाको प्रतिशत पुगेपछि पहिलो नम्बरमा खासआर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरु सांसद बन्नेछन् । यसँगै क्रमशः दलित, थारु, मुस्लिम, अपांगता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउनेछ ।

जसअनुसार कांग्रेसबाट प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्ने छन् । यदि पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने जयपति रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन् । महत र श्रेष्ठ सांसद बन्न नपाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group