ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वटा मोडलमा सार्वजनिक भयो आईफोन १४


एबीसी / संवाददाता
भाद्र २३, २०७९ बिहीबार  २ : २३ बजे

काठमाडौं, २३ भदौ ।  मोबाइल निर्माता कम्पनी एप्पलले आईफोन १४ को चार वटा सिरिज सार्वजनिक गरेको छ ।गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल बजारमा ल्याएको हो ।

आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ (७९९ डलर) तोकिएको छ । त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ (८९९ डलर) रहेको छ ।

त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स मोडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ (९९९ डलर) र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ (१०९९ डलर) तोकिएको छ ।

आईफोन १४ को बेस मोडल वा प्लस मोडल मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो गरी पाँच रङमा उपलब्ध छन् । त्यस्तै प्रो र प्रो मोडल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङमा उपलब्ध छ ।

आईफोन १४ र आईफोन प्लस मोडलमा १२ मेगापिक्सलको दुई वटा क्यामरा सेन्सर दिइएको छ । आईफोन १४ प्रो मोडलमा अलवेज अन डिस्प्ले लगायत विशेषता रहेको छ ।

यस्तै आईफोन प्रोमा ४८ एमपीको प्राइमरी क्यामरा लगाइएको छ भने आईफोन प्रो र आईफोन १४ प्रो म्याक्समा १ टीबीको स्टोरेजको अप्शन लगायतका विभिन्न विशेषता समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com