ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवारमा अपहेलित ज्येष्ठ नागरिकलाई सरकारले हेर्छ – मन्त्री रेग्मी


एबीसी / संवाददाता
भाद्र १९, २०७९ आईतबार   ११ : १७   बजे

काठमाडौं, १९ भदौ । एबीसी टेलिभिजनले १५ औं वर्षको शुभारम्भ गरेको अवसरमा विभिन्न एबीसी न्यूजले विभिन्न व्यक्तित्वसँग विशेष संवाद गरेको छ । देशका राजनीतिक दलहरु आगामी निर्वाचन केन्द्रीत बनिरहँदा नागरिकको शिक्षा, स्वास्थ्य एवम् जनजीविकाको सवाल निरन्तर छायामा पर्दै आएको छ । यसमा पनि परिवार र समाजमा कमजोर रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिक आफ्नै परिवारमा विभिन्न हिंसा सहेर बाँच्न विवश छन् । यिनै कमजार वर्गका लागि सरकारले के कस्ता कार्यक्रमहरु अगाडि बढाएको छ भन्ने सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीसँग एबीसीकर्मी ध्रुव अधिकारीले गरेको संवादमा आधारित आलेखः

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नो कार्यभार सम्हाल्नुभएको वर्षदिन पुग्दैछ । एबीसी टेलिभिजन १५ औं वर्षमा शुभारम्भ भएकोमा अवसरमा मन्त्री रेग्मीले भन्नुभयो, “१५ औं वर्षगाँठ मनाउन लागेको सन्दर्भमा हार्दिक, हार्दिक बधाई छ । एबीसीले राम्रो न्यूज कभर गरेको थाहा पाएको छु । र भोलि र भविष्यमा पनि राम्रो, सूसुचित जनतालाई गराउने सन्दर्भमा, एकदम लोकप्रिय हुनेमा शुभकामना दिन चाहन्छु ।

ज्येष्ठ नागरिकप्रति लक्षित गरेर मन्त्रालयले पछिल्लो समय ऐन बनाएको छ । मन्त्रालयले ज्येष्ठ नागरिकप्रति सन्तान र राज्यलाई जिम्मेवार बनाउने गरी ऐन बनाएको छ । सन्तानले ज्येष्ठ जुन ऐन बमोजिम नागरिकलाई अपहेलना गरे वा पालेनन् भने सम्पत्ति स्थानीय सरकारले लैजाने र ज्येष्ठ नागरिकलाई पनि स्थानीय सरकारले पाल्नेछ । आफ्नो बुवा, आमाको जसले अंश खान्छ, त्यो अभिभावको सन्तानले निजी वा सरकारी जता कमाइ गरेपनि त्यसको निश्चित प्रतिशत भन्ने थियो यसलाई १० प्रतिशत बैंक खातामा दाखिला गर्नैपर्छ र भौचर पालिकामा बुझाउनैपर्छ । पेन्सन वा केही पनि नआउने ज्येष्ठ नागरिकका सन्तानले आफ्नो कमाइको १० प्रतिशत बैंक खाता बुझाउनुपर्ने छ ।

 

उहाँले भन्नुभयो, “यस्तै घर–घरमा ज्येष्ठ नागरिकप्रति घरेलु हिंसा छ । उहाँहरुप्रति गलत व्यवहार भइरहेको छ । यसका लागि ज्येष्ठ नागरिक आफैंले उजुरी दिन नसकेको खण्डमा छिमेकीले उजुरी दिन सक्ने व्यवस्था ऐनमा छ । जुन, राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको छ ।”

बालबालिका सम्बन्धी प्रतिवेदन तयार भइरहेको उनले जानकारी दिइन् । महिला मन्त्रालयको बजेट ८० करोडबाट बढेर यो पटक एक अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । पितृसत्तात्मक सोचका कारण सो मन्त्रालयमा बजेट कम हुदै आएकोमा यसपटक बढाइएको उनले बताए ।

तर, गएको स्थानीय निर्वाचनमा ठूला दलहरुले महिलाको प्रतिनिधित्वमा कम गरेको उनले बताईन् । यस विषयमा आफ्नै पार्टी अर्थात् नेपाली कांग्रेसको आलोचना गर्नुपर्ने अवस्था रहेको भन्दै उनले जिल्ला, केन्द्र र प्रदेशमा तीन जनामा एक महिलासहित भन्नुपर्ने सो नभनिएको र महिलाहरुको नामै समेत नमागिएको भन्दै उनले असन्तुष्ट पोखिन् । यो संविधानको मर्म अनुरुप नभएको उनको तर्क छ ।
आगामी निर्वाचनमा जुनसुकै पार्टीका महिला उम्मेदवारलाई सहयोग गर्न उनले अपिल पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group