ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवारमा अपहेलित ज्येष्ठ नागरिकलाई सरकारले हेर्छ – मन्त्री रेग्मी


एबीसी / संवाददाता

काठमाडौं, १९ भदौ । एबीसी टेलिभिजनले १५ औं वर्षको शुभारम्भ गरेको अवसरमा विभिन्न एबीसी न्यूजले विभिन्न व्यक्तित्वसँग विशेष संवाद गरेको छ । देशका राजनीतिक दलहरु आगामी निर्वाचन केन्द्रीत बनिरहँदा नागरिकको शिक्षा, स्वास्थ्य एवम् जनजीविकाको सवाल निरन्तर छायामा पर्दै आएको छ । यसमा पनि परिवार र समाजमा कमजोर रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिक आफ्नै परिवारमा विभिन्न हिंसा सहेर बाँच्न विवश छन् । यिनै कमजार वर्गका लागि सरकारले के कस्ता कार्यक्रमहरु अगाडि बढाएको छ भन्ने सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीसँग एबीसीकर्मी ध्रुव अधिकारीले गरेको संवादमा आधारित आलेखः

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नो कार्यभार सम्हाल्नुभएको वर्षदिन पुग्दैछ । एबीसी टेलिभिजन १५ औं वर्षमा शुभारम्भ भएकोमा अवसरमा मन्त्री रेग्मीले भन्नुभयो, “१५ औं वर्षगाँठ मनाउन लागेको सन्दर्भमा हार्दिक, हार्दिक बधाई छ । एबीसीले राम्रो न्यूज कभर गरेको थाहा पाएको छु । र भोलि र भविष्यमा पनि राम्रो, सूसुचित जनतालाई गराउने सन्दर्भमा, एकदम लोकप्रिय हुनेमा शुभकामना दिन चाहन्छु ।

ज्येष्ठ नागरिकप्रति लक्षित गरेर मन्त्रालयले पछिल्लो समय ऐन बनाएको छ । मन्त्रालयले ज्येष्ठ नागरिकप्रति सन्तान र राज्यलाई जिम्मेवार बनाउने गरी ऐन बनाएको छ । सन्तानले ज्येष्ठ जुन ऐन बमोजिम नागरिकलाई अपहेलना गरे वा पालेनन् भने सम्पत्ति स्थानीय सरकारले लैजाने र ज्येष्ठ नागरिकलाई पनि स्थानीय सरकारले पाल्नेछ । आफ्नो बुवा, आमाको जसले अंश खान्छ, त्यो अभिभावको सन्तानले निजी वा सरकारी जता कमाइ गरेपनि त्यसको निश्चित प्रतिशत भन्ने थियो यसलाई १० प्रतिशत बैंक खातामा दाखिला गर्नैपर्छ र भौचर पालिकामा बुझाउनैपर्छ । पेन्सन वा केही पनि नआउने ज्येष्ठ नागरिकका सन्तानले आफ्नो कमाइको १० प्रतिशत बैंक खाता बुझाउनुपर्ने छ ।

 

उहाँले भन्नुभयो, “यस्तै घर–घरमा ज्येष्ठ नागरिकप्रति घरेलु हिंसा छ । उहाँहरुप्रति गलत व्यवहार भइरहेको छ । यसका लागि ज्येष्ठ नागरिक आफैंले उजुरी दिन नसकेको खण्डमा छिमेकीले उजुरी दिन सक्ने व्यवस्था ऐनमा छ । जुन, राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको छ ।”

बालबालिका सम्बन्धी प्रतिवेदन तयार भइरहेको उनले जानकारी दिइन् । महिला मन्त्रालयको बजेट ८० करोडबाट बढेर यो पटक एक अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । पितृसत्तात्मक सोचका कारण सो मन्त्रालयमा बजेट कम हुदै आएकोमा यसपटक बढाइएको उनले बताए ।

तर, गएको स्थानीय निर्वाचनमा ठूला दलहरुले महिलाको प्रतिनिधित्वमा कम गरेको उनले बताईन् । यस विषयमा आफ्नै पार्टी अर्थात् नेपाली कांग्रेसको आलोचना गर्नुपर्ने अवस्था रहेको भन्दै उनले जिल्ला, केन्द्र र प्रदेशमा तीन जनामा एक महिलासहित भन्नुपर्ने सो नभनिएको र महिलाहरुको नामै समेत नमागिएको भन्दै उनले असन्तुष्ट पोखिन् । यो संविधानको मर्म अनुरुप नभएको उनको तर्क छ ।
आगामी निर्वाचनमा जुनसुकै पार्टीका महिला उम्मेदवारलाई सहयोग गर्न उनले अपिल पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com