ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लाका शिक्षण अस्पतालमा एक जना चिकित्सकमाथि कुटपिट


एबीसी / संवाददाता
भाद्र ४, २०७९ शनिबार  १२ : १३ बजे

सुर्खेत, ४ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ ।

अस्पतालको आकस्मिक विभागमा कार्यरत डा करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।

प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबीच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा कमल थानीले जानकारी दिए ।

‘इमरजेन्सी वार्ड बिहानपख भीडभाड नै हुन्छ । डाक्टरले बच्चाको अवस्था नर्मल छ । हतार नगर्नुस्, म अहिले बिरामीसँग छु । ११ बजे हेरौंला भन्नुभएको रहेछ । तैले मेरो काम नगरेको भन्दै शाही डाक्टरमाथि नै हातपात गर्न थालेछन्,’ उपाध्यक्ष डा। थानीले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा रमेश भट्टराईले पनि कर्मचारीले चिकित्सकमाथि हातपात गरेको बताए । ‘सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रष्टै देखिन्छ’ प्रवक्ता भट्टराईले भने, ‘कर्मचारीले डिउटीमा रहेका चिकित्सकमाथि हातपात गर्न नहुँने हो । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।’

डा साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबारको भएपनि डाक्टर साहमाथि कुटपिट गरेको भिडियो भने शुक्रबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो शेयर गर्दै चिकित्सक कुटने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । शाहीको कुटाइबाट डा। साहको टाउको र पेटमा चोट लागेको छ ।

शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले डा साहमाथि कुटपिट गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै आईसीयू, इमरजेन्सी र एनआईसीयू बाहेकको सबै सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com