काठमाडौं । प्रतिनिधि सभाको भोलि (बुधबार) बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची परेको छ ।
बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख छ ।
सो विधेयकमाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना राख्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्