बुटवल, २६ असार– बुटवलको एक होटलमा १६ वर्षीया किशोरी मृत फेला परेकी छन् ।बुटवल उपमहानगरपालिका–२ की १६ वर्षीया समीक्षा गुरुङ शुक्रबार राति साढे १० बजेतिर एक किशोरसँगै बुटवल–३ स्थित पाल्पाली होटल पुगेकी थिइन् । गुरुङसँगै गएका किशोर सोही दिन होटलबाट बाहिरिएका थिए ।
किशोरीको शव शनिबार कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए । किशोरीसँगै होटलमा गएका युवक को थिए भन्नेबारे खोजबिन थालिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्