ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीपदमा टाँसिरहन र पैसा कमाउने लोभ छैन् : निवर्तमान मन्त्री श्रेष्ठ


एबीसी / संवाददाता
असार १३, २०७९ सोमबार   १२ : ३२   बजे

काठमाडौँ, १३ असार । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीपदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफू अहिलेपनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताउनु भयो । मन्त्री श्रेष्ठले ८ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरु सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नचाहिने हल्लाहरु फिँजाइएका छन् । कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरु भनेर पनि आक्षेप आएको छ । हामी मन्त्रीहरुको भनाइ के हो भन्दा लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेश गसिकेपछि बजेटको माननीयहरुले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्नेमात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन् रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन् । मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु । मन्त्रीपदमा टाँसिरहनु, मन्त्री भएर पैसा कमाउनु, त्यस्तो मेरो लोभ लालच छैन् । ८ महिना २१ दिन बसेर आफूले गरेका कामहरु सगौरव भन्न पाइयो यही ठूलो कुरा हो ।’

निवर्तमान श्रममन्त्री श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीले बोलिसकेपछि क्रस क्वेशन गर्ने र असन्तुष्टि जाहेर गर्ने कुरा आफूमा लागू नभएकाले पनि सबै काम राम्रो गरेको प्रमाणित भएको दावी गर्नुभयो । उहाँले पार्टीकै अर्का मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आफूलाई नै नम्बर दिएकोप्रति लक्षित गर्दै आफूले गरेको कामको नम्बर जनताले दिने बताउनुभयो । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले आइतवार पत्रकार सम्मेलन गर्दै आफूले गरेका काममा ९० अंक दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group