ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनियन्त्रित हुँदै अर्थतन्त्र, ११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापारघाटा


एबीसी / संवाददाता
असार १०, २०७९ शुक्रबार   ८ : १४   बजे

काठमाडौँ, १० असार । रुस-युक्रेन युद्धको असर वस्तुको मूल्यमा परेको छ । आयातको परिणाभभन्दा बढी लागतका कारण मूलुकमा व्यापारघाटा अनियन्त्रित बन्दै गएको छ । आयात बढ्दै गर्दा त्यसअनुसारको विदेशी मुद्रा आर्जन भने घट्दै गएको छ ।

रेमिट्यान्स घट्दै गएको, आयात उच्च परिमाणमा बढेको, शोधनान्तर घाटा चुलिएको, बैंक वित्तीय संस्थामा तरलता अभाव रहेकोजस्ता कारण अर्थतन्त्र संकटको अवस्थामा रहेको गभर्नर महाप्रसाद अधिकारी स्वयंले स्वीकारेका छन् । एकातिर व्यापारघाटा कम गराउन राष्ट्र बैंकले विलासी वस्तु लगायतका अन्य वस्तु आयातमा कडाई गरेको छ भने अर्कोतिर अर्थ मन्त्रालयले बजेटमा राजस्वको लक्ष्य महत्वाकांक्षी बनाएको छ । जीडिपीको २५ प्रतिशत राजस्वको लक्ष्य भए पनि चालु खर्चनै धान्न नसकिने चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल बताउनुहुन्छ ।

आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता भएकाले आयात प्रतिस्थापन गर्न उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति अभाव देखिएको उहाँको भनाइ छ । हाल आयातमा मेजर रोल पेट्रोलियम पदार्थको रहेको छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कअनुसार ६२ विलियनको पेट्रोल, १ सय ४५ विलियनको डिजेल र ५९ विलियनको एलपीजी ग्यास नयाँ मूल्यमा आयात भएको छ । डलरको मूल्यवृद्धिले समग्र क्षेत्रमा चाप परेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मूलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब करोड ३८ करोड माथि पुगेको छ । यो अवधिमा आयात मात्र अघिल्लो आर्थिक वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले वृद्धि भएर १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।

पछिल्लो ११ महिनामा निर्यात भने ५३ दशमलव ३ प्रतिशतले वृद्धि भएर १ खर्ब ८५ अर्ब ८३ करोडमाथि पुगेको छ । छिमेकी मूलुक भारतसँग मात्र नेपालको ९ खर्ब ५५ अर्ब माथि व्यापारघाटा रहेको छ । निजी क्षेत्र नीतिगत कारणले हतोत्साहित भएकाले देशले व्यापार घाटा बेहोरिरहेको चर्चा हुँदा राष्ट्र बैंक भने यो मान्न तयार छैन । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट, समस्या र जटिलता भए पनि सचेत रहन आवश्यक रहेको बताउनुहुन्छ । उपभोगमुखी अर्थतन्त्रलाई समाधान गर्न आर्थिक नीति सम्पादन, अर्थ मन्त्रालय, योजना आयोग र केन्द्रीय बैंकको सहकार्यले राम्रो प्रतिफल दिने निजी क्षेत्रको विश्वास छ ।

नेपालमा भइरहेको आयात तत्काल नघटे अर्थतन्त्र गम्भीर संकटमा फस्ने र श्रीलंकाकै जस्तो आर्थिक महासंकट आउन सक्ने गभर्नरको भनाइपछि वास्तवमै देश संकटमा जाने त होइन भन्ने भय बढ्दो छ । विषम परिस्थितिमा महंगीको मारबाट उन्मुत्ति दिन, देशमा रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापनलगायत उद्योग कलकारखाना फस्टाउने वातावरण बनाउन सरोकारवाला निकायको गम्भीरता आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group