ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउनुपर्छ : सांसद जितेन्द्रनारायण देव


एबीसी / संवाददाता

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गर्नुभएको हो । उहाँले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सांसद देवले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानूनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभयो । उहाँले संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानून बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद देवले नागरिकताको सवालमा असहमतिका विषयहरूलाई छलफल गर्दै संविधानलाई टेकेर सहमतितर्फ जानुपर्ने बताउनुभयो ।

सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो । सांसद देवले नेपाली राजनीतिमा कुनै पनि विषयमा निर्णय गर्दा अन्तिम अवस्थामा गर्ने संस्कार रहेको भन्दै कुनै पनि निर्णय समयमै गर्नुपर्ने संस्कार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशलाई कुनै पनि बहानामा वर्गीय, जातिय र लैङ्गिक रूपमा द्वन्द्वमा जान दिनु नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com