ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी


एबीसी / संवाददाता
असार १०, २०७९ शुक्रबार  १२ : ५० बजे

काठमाडौँ, १० असार । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिनुभएको छ।

महिला तथा सामाजिक समितिको बैठकमा उहाँले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गर्नुभयो ।
स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको बताउनुभयो । उहाँले अब समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि सहयोग गर्नुहोस् ।’
निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउनुभयो।

‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने ?’ उहाँले भन्नुभयो, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ? यो के हो ? यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उहाँले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com