ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी


एबीसी / संवाददाता
जेष्ठ ३, २०७९ मंगलबार  ३ : ५८ बजे

 

गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा एमालेले तीनवटा पालिकाको प्रमुख जितेको छ ।

चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने दुईवटा स्थानीय तहमा नेपाली कांग्रेसले उपप्रमुख जितेको छ । नेपाली कांग्रेस विजयी भएका स्थानीय तहहरुमा रेसुंगा नगरपालिका, गुल्मीदरबार, मदाने, इस्मा र कालीगण्डकी गाउँपालिका रहेका छन् ।

माओवादी केन्द्र चन्द्रकोट, धुर्कोट, मालिका र रुरुक्षेत्र गाउँपालिकामा विजयी भएको छ । एमाले निर्वाचित भएका स्थानीय तह छत्रकोट र सत्यती गाउँपालिका र मुसिकोट नगरपालिका रहेका छन् ।

कांग्रेसले चन्द्रकोट र मालिकामा उपप्रमुख जितेको छ भने एमालेले मदाने, धुर्कोट, कालीगण्डकी र रुरुक्षेत्र गाउँपालिकामा उपप्रमुख जितेको छ ।

गुल्मीका ९३ वडामध्ये कांग्रेसले ४७ वडाध्यक्ष जितेको छ । एमालेले ४० वडाध्यक्ष जित्दा माओवादी केन्द्रले चार वडाध्यक्ष जित्न सफल भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र उम्मेदवारले एक–एक वडाध्यक्ष पद जितेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले सातवटा स्थानीय तह, नेपाली कांग्रेसले चारवटा र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । गुल्मीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने दुई जना सांसद रहेका छन् । दुवै जना नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टले गुल्मीबाट प्रतिनिधित्व गर्दछन् । पार्टी विभाजनको गहिरो धक्का लागेको यो जिल्ला पनि देखिएको छ ।
अर्को रोचक तथ्य माओवादी केन्द्रले ४ वटा पालिका जित्दा जम्मा ४ वटा वडामात्र जितेको ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com