ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी


एबीसी / संवाददाता
जेष्ठ ३, २०७९ मंगलबार   ३ : ५८   बजे

 

गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा एमालेले तीनवटा पालिकाको प्रमुख जितेको छ ।

चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने दुईवटा स्थानीय तहमा नेपाली कांग्रेसले उपप्रमुख जितेको छ । नेपाली कांग्रेस विजयी भएका स्थानीय तहहरुमा रेसुंगा नगरपालिका, गुल्मीदरबार, मदाने, इस्मा र कालीगण्डकी गाउँपालिका रहेका छन् ।

माओवादी केन्द्र चन्द्रकोट, धुर्कोट, मालिका र रुरुक्षेत्र गाउँपालिकामा विजयी भएको छ । एमाले निर्वाचित भएका स्थानीय तह छत्रकोट र सत्यती गाउँपालिका र मुसिकोट नगरपालिका रहेका छन् ।

कांग्रेसले चन्द्रकोट र मालिकामा उपप्रमुख जितेको छ भने एमालेले मदाने, धुर्कोट, कालीगण्डकी र रुरुक्षेत्र गाउँपालिकामा उपप्रमुख जितेको छ ।

गुल्मीका ९३ वडामध्ये कांग्रेसले ४७ वडाध्यक्ष जितेको छ । एमालेले ४० वडाध्यक्ष जित्दा माओवादी केन्द्रले चार वडाध्यक्ष जित्न सफल भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र उम्मेदवारले एक–एक वडाध्यक्ष पद जितेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले सातवटा स्थानीय तह, नेपाली कांग्रेसले चारवटा र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । गुल्मीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने दुई जना सांसद रहेका छन् । दुवै जना नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टले गुल्मीबाट प्रतिनिधित्व गर्दछन् । पार्टी विभाजनको गहिरो धक्का लागेको यो जिल्ला पनि देखिएको छ ।
अर्को रोचक तथ्य माओवादी केन्द्रले ४ वटा पालिका जित्दा जम्मा ४ वटा वडामात्र जितेको ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group