ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भए : प्रमुख निर्वाचन आयुक्त थपलिया


एबीसी / संवाददाता

काठमाडौँ, ३० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दल र उम्मेदवारहरूबाटै मतदानलाई प्रभावित पार्ने प्रयास भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भएको बताउनुभयो । ‘यति तयारी गरेर भइरहेको मतदान रोकौँ भनेर सांसद र स्थानीय नेतृत्वबाटै प्रस्ताव आएका छन् । कतिपय ठाउँमा त उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामा आक्रमण गर्ने काम भएको छ, यो त लज्जास्पद कुरा भयो,’ उहाँले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सप्तरी, बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरूमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरू भएको बताउनुभयो । ‘उम्मेदवारका प्रतिनिधिबाटै त्यस्ता गतिविधि भएका छन्, दलका नेता र उम्मेदवारहरूबाटै त्यस्तो घटना घटाइनु दुःखद कुरा हो । कतिपय घटना त मैले भन्नसमेत लजाउनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो। उहाँले बेलुकी ५ बजेसम्म ७२ प्रतिशतसम्म मतदान हुने अनुमान रहेको बताउनुभयो। ‘देशैभरि सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म सरदर ४६ प्रतिशत मतदान भइसकेको छ । केहीको हकमा त्यो ७० प्रतिशतसम्म र केहीमा १८/२० प्रतिशतमात्रै पनि छ,’ उहाँले भन्नुभयो, ‘५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेको मान्छेले राति ९ बजेसम्म लागे पनि मतदान गर्न पाउँछ, हामीले ६५ देखि ७० प्रतिशतसम्म मतदान गर्ने अनुमान गरेका छौँ ।’

उहाँले देशभर ३२ वटा केन्द्रमा दुईपक्षीय झडप र विवादका कारण मतदान कार्य स्थगित भएको जानकारी दिनुभयो । ‘स्थगित हुनु भनेको रद्ध हुनु होइन । हामी हरसम्भव प्रयास गरेर मतदान सुरु गर्ने प्रयास गरिरहेका छौँ, बेलुकासम्मै यो प्रयास रहन्छ,’ उहाँले भन्नुभयो । उहाँले आयोगका तर्फबाट भएका कमजोरीलाई स्वीकार्न तयार रहेको र सच्याउनसमेत प्रयास गर्ने बताउनुभयो । ‘आयोग वा आयोगका कर्मचारी वा सुरक्षाकर्मीका कारणले गडबढी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ । आयोगले सुरुवातदेखि नै शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भइदिनुस् भनेको थियो । कतिपय ठाउँमा त्यसको पालना भएन,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com