ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भए : प्रमुख निर्वाचन आयुक्त थपलिया


एबीसी / संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार   ४ : ३४   बजे

काठमाडौँ, ३० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दल र उम्मेदवारहरूबाटै मतदानलाई प्रभावित पार्ने प्रयास भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भएको बताउनुभयो । ‘यति तयारी गरेर भइरहेको मतदान रोकौँ भनेर सांसद र स्थानीय नेतृत्वबाटै प्रस्ताव आएका छन् । कतिपय ठाउँमा त उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामा आक्रमण गर्ने काम भएको छ, यो त लज्जास्पद कुरा भयो,’ उहाँले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सप्तरी, बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरूमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरू भएको बताउनुभयो । ‘उम्मेदवारका प्रतिनिधिबाटै त्यस्ता गतिविधि भएका छन्, दलका नेता र उम्मेदवारहरूबाटै त्यस्तो घटना घटाइनु दुःखद कुरा हो । कतिपय घटना त मैले भन्नसमेत लजाउनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो। उहाँले बेलुकी ५ बजेसम्म ७२ प्रतिशतसम्म मतदान हुने अनुमान रहेको बताउनुभयो। ‘देशैभरि सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म सरदर ४६ प्रतिशत मतदान भइसकेको छ । केहीको हकमा त्यो ७० प्रतिशतसम्म र केहीमा १८/२० प्रतिशतमात्रै पनि छ,’ उहाँले भन्नुभयो, ‘५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेको मान्छेले राति ९ बजेसम्म लागे पनि मतदान गर्न पाउँछ, हामीले ६५ देखि ७० प्रतिशतसम्म मतदान गर्ने अनुमान गरेका छौँ ।’

उहाँले देशभर ३२ वटा केन्द्रमा दुईपक्षीय झडप र विवादका कारण मतदान कार्य स्थगित भएको जानकारी दिनुभयो । ‘स्थगित हुनु भनेको रद्ध हुनु होइन । हामी हरसम्भव प्रयास गरेर मतदान सुरु गर्ने प्रयास गरिरहेका छौँ, बेलुकासम्मै यो प्रयास रहन्छ,’ उहाँले भन्नुभयो । उहाँले आयोगका तर्फबाट भएका कमजोरीलाई स्वीकार्न तयार रहेको र सच्याउनसमेत प्रयास गर्ने बताउनुभयो । ‘आयोग वा आयोगका कर्मचारी वा सुरक्षाकर्मीका कारणले गडबढी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ । आयोगले सुरुवातदेखि नै शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भइदिनुस् भनेको थियो । कतिपय ठाउँमा त्यसको पालना भएन,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group