ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा पटक-पटक झडपपछि काठमाडौंबाट हेलिकप्टरसहितको सेना परिचालन


एबीसी / संवाददाता

काठमाडौँ, ३० बैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ । कौडेना गाउँपालिका-६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक-पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्स्याएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिनुभयो । कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडीबाट सूचारु भएको थियो । मतदान सुचारु भएको केहीबेर पछि पुनः झडप भएको र सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएको हो । त्यस्तै धनकौल गाउँपालिका-२, पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् ।

मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ । जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् । मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन् । चारलाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com