ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी


एबीसी / संवाददाता

काठमाडौं, २८ वैशाख । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो । त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी सम्भव भएको हो । ‘करिब ३०० मतगणना स्थलमा मात्रै सीसीटीभी क्यामेरा हुने भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘हामीले सीसीटीभी क्यामेरा प्रदान गर्न सक्ने अवस्था थिएन । स्थानीय तहले कतिपय ठाउँमा व्यवस्था गर्न नसक्ने भए ।’

देशभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिन्छ । ७ सय ५३ स्थानीय तहमा मतगणना हुनेछ । दुर्गम स्थानका मतदानस्थलमा बिजुली, इन्टरनेटको सुविधा नभएका कारण सीसीटीभी क्यामेरा राख्न सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगले १ चैत २०७८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गर्दै ‘मतगणना स्थल दृश्य अवलोकन प्रणालीको व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न’ भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com