ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी दौडधुपमा सभापति देउवा


एबीसी / संवाददाता

काठमाडौँ, २५ बैशाख । चुनावमा विपक्षीलाई अन्तिम धक्का दिने र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउने अन्तिम प्रयास स्वरुप नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत दलका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पार्टीले भोगेको हार र त्यसले पार्टीभित्रैबाट आफुविरुद्धको विरोधले शिक्षा लिनुभएका कांग्रेस सभापति शेरवहादुर देउवा यसपटक निर्वाचन केन्द्रीत चुनावी प्रचारमा आक्रामक ढंगले लागिरहनुभएको छ ।

सभापति शेरवहादुर देउवाले गत बुधबार मोरङको विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको गृहनगर विराटनगर, जसलाई कांग्रेसजनले राजनीतिक तीर्थ मान्ने गर्छन । त्यहाँको चुनावी सभाबाट सभापति देउवाले आन्तरिक विवाद अन्त्य गरी पार्टी एकतावद्ध भएको सन्देश दिने प्रयास गर्नुभयो । त्यसलगत्तै चितवनको भरतपुर र काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्नुभयो । सत्तारुढ पाँच दलीय गठबन्धनको नेतृत्व, कांग्रेसमाथि गठबन्धन आश्वस्त नभएको अवस्थामा देउवाको जोड विश्वास आर्जनमा केन्द्रीत रहने गरेको छ ।

शनिबार चुनावी दौडधुपलाई थप तिव्रता दिनुभएका देउवाले एकैदिन तीन जिल्लाको चुनावी कार्यक्रममा सहभागिता जनाउनुभयो । बिहान रुपन्देहीको बुटवल, दिउँसो तनहुको दमौली र सोही दिन अपरान्ह धनुषाको जनकपुरमा चुनावीसभामा बोल्नुभयो । त्यहाँ देउवाले गठबन्धनको विरोध गर्नेलाई पार्टीले कारवाही गर्ने चेतावनी दिनुभयो । आइतबार बिहान पोखरामा आयोजित गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्नुभएका देउवा त्यही दिन दाङको तुलसीपुर र घोराही पुग्नुभयो । २७ गते मध्यरातीबाट सुरु हुने स्थानीय तह निर्वाचनको मौनअवधि अघिसम्म देउवाले सोमबार कैलालीको धनगढी र त्यसैदिन गृहजिल्ला डडेलधुरा पुगेर चुनाव प्रचार अभियान बिट मार्नुहुने छ ।

एकतातिर देउवालाई अघिल्लो निर्वाचनको बेहोरेको हारको बदला लिन नैतिक दवाब छ भने अर्कोतिर पाँच दलीय गठबन्धनबीच गरेको चुनावी तालमेल बाचा सही सावित गर्नुपर्ने चुनौती छ । गठबन्धनले अपेक्षित परिणाम हात पारेन भने त्यसको बाछिटाले देउवाको राजनीतिक निष्ठामा प्रश्न उठ्छ नै, पार्टीको साखमा धक्का लाग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com