ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ’


एबीसी / संवाददाता
बैशाख २५, २०७९ आईतबार  १२ : ०६ बजे

काठमाडौं २५ वैशाख ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्रै बाँकी छ । आसन्न स्थानीय तहको निर्वाचनले मुलुकमा निर्वाचन–उल्लासयुक्त बातावरण बनेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाता भने विकासप्रेमी, सक्षम उम्मेदवारलाई मतदान गर्ने पक्षमा देखिन्छन् । विगतका निर्वाचनमा कुनै राजनीतिक दलका पक्षमा रहेर मतदान गरेका मतदाता अब गाउँको विकासका लागि दलगत स्वार्थभन्दामाथि रहेर काम गर्ने उम्मेदवारलाई छनोट गरी मतदान गर्ने बताउँछन् । “विभिन्न राजनीतिक दलका उम्मेदवार आफ्नो पार्टीको पक्षमा मतदान गर्न आह्वानसहित गाउँमा आउने गरे पनि उम्मेदवार हेरेर मात्रै मतदान गर्ने बताउनुहुन्छ”, रामबहादुर राना ।
“गाउँमा विकास हुनुप¥यो, हामी जनताले विकास अभावमा निकै समस्या भोग्नु परेको छ, अब पनि हामी पार्टीभन्दा माथि उठेर हाम्रालाई होइन राम्रालाई रोज्नुपर्छ, यसो गरिएन भने विकासले गति लिन सक्दैन, हामीलाई चाहिएको विकास हो”, उहाँले भन्नुभयो । चुनावको सरगर्मीले यतिबेला बाटो, सभासमारोह, धनी–गरिब, अशक्तका घरदेखि चिया पसल र विभिन्न समाजिक सञ्जालमा सक्षम र योग्य उम्मेदवारका पक्षमा मतदान गर्ने सम्बन्धमा मतदाताले आफ्ना विचार राखिरहेका छन् । गाउँघरमा नागरिक शिक्षित र सचेत हुँदै जाँदा कुनै दलको पार्टी कार्यकर्ता भएर मतदान गरेका नागरिक अब सक्षम र योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने उनीहरुको तर्क चलिरहेको पाइन्छ ।

मतदाता आफैँ ‘हाम्रालाई होइन, राम्रालाई मतदान’ गर्न चुनावी प्रचारप्रसारका व्यस्त देखिएका छन् । राजनीतिक दलले आ–आफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन् । राम्रा व्यक्तिलाई मतदान गर्ने अधिकार मतदातालाई छ । कसैको पनि प्रलोभनमा नपरी आफूले योग्य ठानेको राम्रा व्यक्तिलाई मतदान गरियो भने गाउँमै सबै कुराको सुख सुविधा हुने ज्येष्ठ नागरिक तिलकुमारी उपाध्याय बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसभन्दा अघि पनि धेरैपटक मतदान गरियो, यहाँबाट निर्वाचन जितेपछि नेता शहर पस्ने गर्दा गाउँको विकास भएन, अहिले स्थानीय सरकार आएपछि विकासको ढोका खोलिएको छ, अबको निर्वाचनमा जनताको मन जितेर काम गर्ने उम्मेदवारलाई मतदान गर्नेछौँ ।”

गाउँको विकास चाहने हो भने पार्टी नहेरी व्यक्ति हेरेर भोट हाल्ने मतदाताले ‘हाम्रालाई होइन राम्रालाई रोजौँ’ यी विषयमा जान्नु र बुझ्नु आवश्यक रहेको उनीहरु बताउँछन् । नेतृत्व सम्हालेपछि कतिपयले आफ्ना कार्यकर्तालाई मात्रै विभिन्न योजनाका काम सुम्पने, उपभोक्ता समितिमा आफू निकटका व्यक्तिलाई स्थान दिँदा गाउँमा सोँचेअनुसारको काम नभएको युवा प्रदीप पाण्डेयले बताउनुभयो । “निर्वाचनमा कुनै दलको उम्मेदवार भए पनि चुनाव जितेपछि सबैको साझा व्यक्ति बन्नुपर्छ, सबैलाई समेटेर लैजानसक्ने नेतृत्वको खाँचो छ, विकास निर्माण तथा विभिन्न योजनाका काममा आफू निकटका व्यक्ति, कार्यकर्तालाई मात्रै समेट्दा काममा पारदर्शिता पनि हुँदैन”, उहाँले भन्नुभयो ।

निर्वाचनको समयअगावै मतदातासमक्ष विभिन्न आश्वासन बाँड्ने र नेतृत्वमा पुगेपछि सो आश्वासन पूरा नगर्ने परिपाटी नेतृत्वमा देखिएको स्थानीय बताउँछन् । साथै, यहाँका मतदाताले झुठो र बोलेका कुरा पूरा गर्न नसक्ने आश्वासन नदिन अनुरोध गरेका छन् । सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल सहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरुको अपिल छ । चुनाव नजिकिँदै गर्दा र यससम्बन्धी माहोल खडा भइरहँदा गाउँगाउँमा मुखले राम्रोका पक्षमा भाषण गरेको देखाउँदै जनतालाई भोज भतेरदेखि विभिन्न प्रलोभनमा पार्दै हाम्रालाई जिताउन विभिन्न दलका नेता कार्यकर्ता कम्मर कसेर लागेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com