ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलितलाई प्रमुख पद दिन राजनीतिक दलले गरे कन्जुस्याँई


एबीसी / संवाददाता
बैशाख २४, २०७९ शनिबार   ११ : ४९   बजे

काठमाडौँ, २४ बैशाख । राजनीतिक दलले दलितलाई प्रमुख पद दिन कन्जुस्याँई गरेका छन ।
ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुले गुनासो गरेका हुन् । दलित समुदायबाट गाउँपालिका र नगरपालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवार बनाउन ठूला दलले आनाकानी गरिरहेको समयमा पश्चिम नवलपरासीका केही साना दलले भने उदारता देखाएका छन। पश्चिम नवलपरासीमा कानूनले अनिवार्य गरेको आरक्षण कोटाबाहेक अन्य पदमा पनि साना दलहरुले दलित समुदायबाट उम्मेदवार बनाएका हुन् ।

पश्चिम नवलपरासीमा सात स्थानीय तह छन। दलितबाट प्रमुख-उपप्रमुखमा उम्मेदवारी दिएका पाँच पालिकामा नेकपा एमाले र माओवादी केन्द्रका एक-एक जनासहित साना दल र स्वतन्त्रबाट कुल ११ जनाको उम्मेदवारी परेको छ । कांग्रेसले उम्मेदवार उठाउन कन्जुस्याँई गरेको छ । दुई पालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी दिएकामध्ये सात जना महिला छन । जसमा एक जना मात्र महिला प्रमुख छन । अरु उपप्रमुखमा छन । दलितलाई उपल्लो पददिन नमान्नेमा जातीय कारणसँगै आर्थिक अवस्था पनि रहेको साना पदमा उठेका दलित उम्मेदवारको बुझाई छ । निर्वाचनबाट जिल्लाभर कुल ३ सय ८४ जनप्रतिनिधिहरु चुनिने छन। ७४ वडा रहेको जिल्लामा अनिवार्य गरिएका हरेक वडाबाट एक-एक जना दलित महिला सदस्य चुनिने छन । त्यसका लागि कुल ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

ठूला दलमध्ये माओवादी केन्द्रले सुस्ता गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार उठाएको छ भने एमालेले सरावल गाउँपालिकामा उपप्रमुख उठाएको छ । कांग्रेसले कुनै पनि स्थानीय तहमा दलित उम्मेदवार उठाएको छैन । ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुको गुनासो छ । दलित समुदायबाट अन्य स्थानीय तहको प्रमुख-उपप्रमुखमा उम्मेदवार उठाउनेमा नेकपा एस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, बहुजन शक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टी, जनता प्रगतिशिल पार्टी छन । एक प्रमुखपदमा स्वतन्त्रबाट उमेदवारी परेको छ । बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाबाट दलित समुदायबाट उम्मेदवारी परेको छैन ।

पैसाकै कारण चुनाव जित्न सकिन्छ भन्ने सोचेका कारण पनि दलित समुदायहरु पढेलेखेका भएपनि उनीहरुलाईपछि पारिएको पूर्वशिक्षिका गोमती परियारको बुझाई छ । त्यसैका कारण आफू उपप्रमुखको आकांक्षी रहेपनिपछि पारिएको उहाँको गुनासो छ । जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरि कुल २१ सय ९ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group