ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी कांग्रेसको प्रतिष्पर्धी होइन : वरिष्ठ नेता पौडेल


एबीसी / संवाददाता

काठमाडौँ, २२ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिष्पर्धी नभएको बताउनुभएको छ । बिहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता जगन्नाथ पौडेलसँग भेटेको बताउँदै उहाँले नेपाली कांग्रेसको प्रतिष्पर्धी माओवादी नभइ नेकपा (एमाले) भएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले मेयरका उम्मेदवार पौडेल पक्षहरू आफ्नो तर्क सुन्न नचाहेको र इमोशनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिइरहेको आरोप लगाउनुभयो । कांग्रेसको अहिलेको प्रतिष्पर्धा एमालेसँग भएको र ओली प्रवृतिसँग आफ्नो असहमति र द्वन्द्व रहेको उहाँको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले आफूलाई केही नेता, कार्यकर्ताहरूले नपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएको भन्ने आरोप लगाइरहे पनि त्यो यथार्थ नभएको जिकिर गर्नुभयो । पौडेलले गठबन्धनको आह्वान प्रधानमन्त्री देउवाले भन्दा पहिला आफूले गरेको उद्घोष गरेको स्मरण गराउनुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरंकुशतातिर देशलाई लैजान थालेपछि आफूले नै गठबन्धनको आह्वान गरेको उहाँको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले जनताको मतबाट चुनिएर आएका नेताहरूबाट नै प्रजातन्त्रमाथि खतरा रहेको भन्दै त्यसको निमित्त बनेर ओली आएको आरोप लगाउनुभयो । नेपालको विकासलाई ओलीले अल्मल्याएर देशको राजनीतिलाई अस्थिरतातर्फ लगेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com